सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु « Khabarhub

सवारी दुर्घटनामा बर्दियामा एक जनाको मृत्यु


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

बर्दिया – बर्दियामा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । राजापुरतर्फ गइरहेको बस र गुलरियातर्फ आइरहेको मोटरसाइकल आपसमा ठोक्किँदा बिहीबार एक जनाको मृत्यु भएको छ ।

भे १ ख २२५४ नम्बरको बस र भे ४ प ५६४७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा पछाडि बसेकी ठाकुरबाबा नगरपालिका ९ कि २६ वर्षीया सरिता थारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएकी थारुलाई उपचारका लागि अस्पताल लगिएकोमा उनको उपचारकै क्रममा ज्यान गएको हो । प्रहरीले बस चालक तेजमान थारु र बसलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ८ : २० बजे

फर्कनुअघि नै प्रधानमन्त्री प्रचण्डले भने- भारत भ्रमण सफल

इन्दोर – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चार दिने भारत

अन्नपूर्ण आरोहण दिवस : म्याराथनदेखि पदयात्रासम्म

गण्डकी – पर्यटकीय नगरी पोखराको विश्वव्यापीरुपमा चर्चासँग जोडिएको हिमाल हो,

१७ जातजातिको संख्या बढ्यो, १० धर्म कायम

काठमाडौँ – नेपालमा कुल जातजातिको सङ्ख्या १४२ पुगेको छ। साथै

कोभिड–१९ को मापदण्ड परिमार्जन, मास्क प्रयोग आफूखुसी

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण दर घट्दै

प्रधानमन्त्री प्रचण्ड आज अपराह्न स्वदेश फर्कने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कने भएका