रास्वपाका प्रारम्भिक उम्मेदवार : तनहुँ- १ मा स्वर्णिम वाग्ले, बारा-२ मा रमेश खरेल « Khabarhub

रास्वपाका प्रारम्भिक उम्मेदवार : तनहुँ- १ मा स्वर्णिम वाग्ले, बारा-२ मा रमेश खरेल


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा उपनिर्वाचन हुँदैछ ।बिहीबार रास्वपाले एक विज्ञप्ति जारी गर्दै उम्मेदवारहरूको प्रारम्भिक नामावलीबारे सार्वजनिक गरेको हो ।

सूचीअनुसार चितवन–२ मा पार्टी सभापति रवि लामिछानेको एकल नाम छ । तनहुँ–१ का लागि भने स्वर्णिम वाग्लेसहित तीनजनाको नाम छ । वाग्लेसहित ईश्वर लामिछाने र डा रूपक विक घिमिरेले पनि तनहुँ–१ का लागि नाम दर्ता गरेका छन् ।

यस्तै बारा– २ मा रास्वपाले रमेश खरेल र युवराज न्यौपानेको नाम सिफारिस गरेको छ। उनीहरूले अब रास्वपाको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनमा भाग लिनेछन् । प्रारम्भिक उम्मेदवारीउपर चैत १७ गते बिहान ११ बजेसम्म दाबी विरोध गर्न सकिने छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ११ : १४ बजे

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

एसीसी प्रिमियर कप: सेमिफाइनलमा ओमानसँग भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड रेकर्ड’ ?

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको

राष्ट्रिय सभामा प्रधानमन्त्री वालेन्द्रले मानव अधिकार आयोगको प्रतिवेदन पेश गर्ने

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ ।