साढे दुई महिनाको उपचार पछि सांसद भण्डारी आज नेपाल फर्कँदै « Khabarhub

साढे दुई महिनाको उपचार पछि सांसद भण्डारी आज नेपाल फर्कँदै


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी आज स्वदेश फर्कने भएका छन्।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुँदा भएको आगालागिमा परी गम्भीर घाइते भण्डारी झन्डै साढे दुई महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्कन लागेका हुन्।

भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेका अनुसार दिउँसो २:५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत उनी स्वदेश फर्कन लागेका हुन्। उनी साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।

भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार भएको हो। न्यौपानेका अनुसार भण्डारीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको छ। पछिल्लो समयमा उनी बोल्ने र हिँड्न सक्ने भएका छन्।

सो आगलागीमा सांसद भण्डारीकी आमा हरिकला गम्भीर घाइते भएकी थिइन्। आमा हरिकलालाई बचाउनेक्रममा उनी पनि घाइते भएका हुन्। आमाको उपचारका क्रममा गत फागुन ४ गते कीर्तिपुर अस्पतालमा निधन भएको थियो। उनलाई भने थप उपचारका लागि भारत लगिएको थियो।

अब नेपालमा नै उनको बाँकी उपचार हुनेछ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : १९ बजे

तिब्बतले दियो नेपाललाई बेली ब्रिजसहित आपत्कालीन राहत सामग्री

काठमाडौं – चीनको स्वायत्त क्षेत्र सिचाङ (तिब्बत)ले नेपालमा आएको प्राकृतिक

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)