बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जीत « Khabarhub

बेन्जेमाको ह्याट्रिकमा रियलको सानदार जीत


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगामा करिम बेन्जेमाको कीर्तिमानी ह्याट्रिकमा रियल म्याड्रिडले जीत हासिल गरेको छ। शनिबार राति भएको खेलमा रियलले ४–२ को अन्तरले अल्मेरियामाथि जीत हासिल गरेको हो।

रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा भएको खेलमा कप्तान बेन्जेमाले ५औं मिनेटमा नै सुरुवाती गोल हानेर रियललाई १–० को अग्रता दिलाएका थिए।

पाँचौ मिनेटमा पहिलो गोल हानेका उनै बेन्जेमाले १७औं मिनेटमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे  र ४२औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गर्दै खेललाई पहिलो हाफमा नै ३–० को अग्रता दिलाउन सफल भए। तर, पहिलो हाफको इन्ज्युरी समयमा अल्मेरियाका लजारोले गोल फर्काउँदै खेललाई ३–१ को स्थितिमा बनाई दिए।

पुन दोस्रो हाफको सुरुवाती ४७औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई ४–१ को अन्तरले खेलको स्थिति बनाए भने ६१औं मिनेटमा लुकासले फ्रान्सिस्कोको पासमा गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याई दिए। त्यसपछि कुनै पनि टिमबाट गोल हुन सकेन, अन्ततः खेल ४–२ मा टुंगियो।

यस जितसँगै रियलको ३२ खेलबाट ६८ अंक बटुलेको छ भने पराजित अल्मेरिया ३३ अंक जोडेर १५औं स्थानमा सीमित रहेको छ। दोस्रो स्थानको रियल भन्दा ११ अंक बढी बटुलेर बसेको शीर्षस्थानको बार्सिलोनासँग ६९ अंक रहेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना