प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आजदेखि बार आन्दोलनमा « Khabarhub

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आजदेखि बार आन्दोलनमा


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वकिलहरूको साझा संगठन नेपाल बार एशोसियन आजदेखि आन्दोलनमा उत्रने भएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो।

‘वैशाख १७ गतेबाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संवैधानिक परिषद् प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव अधिवक्ता अन्जिता खनालले जानकारी दिएकी छन्।

‘स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, न्यायालयभित्रको भ्रष्टाचार, विकृत, विसङ्गति अन्त्य गर, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाऊ, सुनवाइ समिति गठन गर्नुपर्नेलगायतका माग राखेर बार आन्दोलनमा उत्रेको हो।

देशैभरी आन्दोलन गर्नका लागि केन्द्रीय बारले मातहातका समितिहरूलाई निर्देशनसमेत दिएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : २० बजे

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित

मनास्लु आरोहण सुरु

गोरखा – शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको

बागमती सरकारले जटिल रोगका बिरामीलाई उपचारमा सहुलियत दिने

मकवानपुर – बागमती प्रदेश सरकारले क्यान्सर, हृदयघात तथा महिलामा हुने

ओली बोलाउँदा गुन्डु गएनन् शंकर र विष्णु, भने – प्रतिवेदनबाटै जवाफ दिन्छौं

काठमाडौं – नेकपा (एमाले)को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलका