प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आजदेखि बार आन्दोलनमा « Khabarhub

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै आजदेखि बार आन्दोलनमा


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वकिलहरूको साझा संगठन नेपाल बार एशोसियन आजदेखि आन्दोलनमा उत्रने भएको छ। सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिसहित ८ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो।

‘वैशाख १७ गतेबाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संवैधानिक परिषद् प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव अधिवक्ता अन्जिता खनालले जानकारी दिएकी छन्।

‘स्वतन्त्र न्यायपालिकाको रक्षा गरौँ, न्यायालयभित्रको भ्रष्टाचार, विकृत, विसङ्गति अन्त्य गर, पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर, प्रधानन्यायाधीश नियुक्ति अविलम्ब गर, संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाऊ, सुनवाइ समिति गठन गर्नुपर्नेलगायतका माग राखेर बार आन्दोलनमा उत्रेको हो।

देशैभरी आन्दोलन गर्नका लागि केन्द्रीय बारले मातहातका समितिहरूलाई निर्देशनसमेत दिएको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : २० बजे

कांग्रेस विशेष महाधिवेशन : भोलि २ बजेलाई तोकियो निर्वाचन, आकांक्षी धेरै हुँदा जुटेन सहमति

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचन

कांग्रेस फुटेपछि कृष्ण सिटौलाले भने : गहिरो चोट लागेको छ

काठमाडौं – नेपाली कांग्रेस विभाजन भएपछि नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसलाई

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच पार्टी समायोजन सम्पन्न

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल

लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने चार जना पक्राउ

काठमाडौं – ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा लागुपदार्थ सेवन गरी सवारीसाधन

कांग्रेसको विशेष महाधिवेशन : सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गर्ने तयारी

काठमाडौं – भृकुटीमण्डपमा जारी नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट नयाँ