तरकारी तथा फलफूलको मूल्य आज कति? « Khabarhub

तरकारी तथा फलफूलको मूल्य आज कति?


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार दसहरी आँपको न्यूनतम मूल्य प्रतिकेजी १८० रुपैयाँ, हरियो अंगुर १२० रुपैयाँ, कालो अंगुर २०० रुपैयाँ, अनार २२५ रुपैयाँ, अमला १२० रुपैयाँ र किवि ४०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार नेपाली ठूलो गोलभेँडा ५० रुपैयाँ, अदुवा २०० रुपैयाँ, रातो आलु २८ रुपैयाँ, सेतो आलु २२ रुपैयाँ रहेको छ भने स्थानीय काउली ३० रुपैयाँ, कागती २०० रुपैयाँ, सुकेको खुर्सानी ४५० रुपैयाँ र हरियो खुर्सानी ६० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ७० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, गान्टे मूला ६० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ, घिरौँला ३५ रुपैयाँ, चमसूरको साग ९० रुपैयाँमा किनबेच भइरहेको छ भने तोरीको साग ४० रुपैयाँ, लोकल परवर ७० रुपैयाँ, न्यूरो ९० रुपैयाँ, भारतीय सुकेको प्याज ३३ रुपैयाँ, हरियो प्याज ५० रुपैयाँ, पुदिना १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ केजी कायम गरिएको छ ।

ब्रोकाउली ९० रुपैयाँ, भ्यान्टा लाम्चो ३५ रुपैयाँ, मूला सेतो १५ रुपैयाँ, रुख कटहर ६० रुपैयाँ, भुईँ कटहर १५० रुपैयाँ प्रतिगोटामा खरिदबिक्री भइरहेको छ भने चाइनिज सुकेको लसुन १९० रुपैयाँ र हरियो धनियाँ ४० रुपैयाँ पाइने समितिले जनाएको छ ।

यसैगरी, ताजा छडी माछा २४० रुपैयाँ र बचुवा माछा २६० रुपैयाँ प्रतिकेजी पाइन्छ भने मंगुरी माछा ३०० रुपैयाँ र रहु माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ३१ बजे

साम्बाबारे एन्फाले भन्यो : उपचारका लागि पहल भइरहेको छ

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी

निर्वाचन लक्षित दूरसञ्चार सेवा प्रभावकारी बनाउन गृहको पहल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै दूरसञ्चार सेवालाई थप

मेक्सिकन आपराधिक साम्राज्यमा शक्तिशाली गिरोहका निर्दयी नाइके ‘एल मेन्चो’ को अपेक्षित अवसान

काठमाडौं– मेक्सिकोमा शक्तिशाली आपराधिक गिरोहका कुख्यात नाइके सुरक्षा कारवाहीमा मारिएपछि

साम्बालाई कमल थापाको ढाडस, ‘चिन्ता नगर्नु, सिङ्गो देश साथमा छ’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले चर्चित महिला फुटबलर