आईपीएल : हैदराबादसँग दिल्ली ९ रनले पराजित « Khabarhub

आईपीएल : हैदराबादसँग दिल्ली ९ रनले पराजित


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ईन्डियन प्रिमियर लिग आईपीएलमा सनराईजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ।

दिल्लीको घरेलु अरुण जेट्ली क्रिकेट स्टेडियममा हैदराबाद ९ रनले विजयी भएको हो। हैदराबादले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८८ रन बनाएको थियो।

दिल्लीका लागि फिलिप साल्ट र मिचेल मार्शले अर्धशतकीय ईनिङ खेले। १ सय १२ रनमा १ विकेट गुमाएको अवस्थाको दिल्लीले निरन्तर विकेट गुमाउदा हार व्यहोर्न पुग्यो।

हैदरावादका लागि मंयक मार्कन्डेले २ तथा भुवनेश्वर कुमार,टि नटराजन,अमिल हुसेन र अकिल हुसेनले समान १र१ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो।​

हैदराबादका लागि ओपनर अभिषेक शर्माले ६७ रनको अर्धशतकीय ईनिङ खेले। हेनरिक क्लेसनले अविजित ५३ रन बनाए।

आठ खेलमा तीन जित र पाँच हारका साथ हैदरावाद लिगको आठौं स्थानमा उक्लिँदा आठ खेलमा छ हार व्यहोरेको दिल्ली पुछारमा छ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ४१ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु