‘बहिर्गमित हुँदा १० हजार रुपैयाँबाहेक केही पाएनौँ’ « Khabarhub

‘बहिर्गमित हुँदा १० हजार रुपैयाँबाहेक केही पाएनौँ’


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बहिर्गमित जनमुक्ति सेना, नेपालले रकम दिएर पन्छाउने कार्य नगर्न सरकारलाई अनुरोध गरेको छ।

सरकारले जनही २ लाख रुपैयाँको दरले रकम निकासा गराउने लागिरहेको बेला बर्हिगमित जनमुक्ति सेना नेपालले भने उत्पादनशील क्षेत्रमा जोडिदिन आग्रह गरेको हो।

‘सरकारलाई हामीले सुरुदेखि नै ‘पूर्व बाल सेना’ को दीर्घकालीन रूपमा नै समस्या सम्बोधन गर्न तथा जीविकोपार्जनका लागि उत्पादनशील क्षेत्रमा सहभागिता गराउन भन्दै आएको छौँ,’ अध्यक्ष लेनिन विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः हामीलाई रकम मात्रै दिएर पन्छाउने होइन, उत्पादनशील क्षेत्रमा जोडिदिन अनुरोध गर्दछौँ।’

विष्टद्वारा जारी विज्ञप्ति अनुसार बर्हिगमित सेनालाई जम्मा बाटो खर्च स्वरूप १० हजार तथा एउटा झोला मात्रै दिएर क्यान्टोन्मेन्टबाट बाहिर पठाइएको थियो। सो रकम बाहेक अहिलेसम्म कुनै रकम नपाएको विज्ञप्तिमा उल्लेख छ।

त्यतिबेला लडाकुलाई दिने भनेर राज्यकोषबाट करोडौँ रकम लगरेर तत्कालीन मा‌ओवादी नेतृत्वले कुम्ल्याएको आरोप लागिरहेका बेला यस्तो विज्ञप्ति आएको छ। ‘सोही जनयुद्धमा सहभागी भएका मध्य ४ हजार ८ जनालाई VMLR(Verified Miner Late Required)भन्दै क्यान्टोनमेन्टबाट बाहिर पठाइयो। जसमध्ये २ हजार ९७३ जना उमेर नपुगेका Verified Miner र १०३५ जना शान्ति सम्झौता पछि भर्ना भएको Late Required भन्दै क्यान्टोन्मेन्टबाट बाहिर राखिएको पुनः स्मरण गराउन चाहन्छौ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘हामीलाई क्यान्टोनमेन्टबाट बाहिर पठाउँदा तत्कालीन विद्रोही पक्ष नेकपा माओवादी, नेपाल सरकार र संयुक्त राष्ट्र संघीय मिशन इन नेपाल (अनमिन)बिच त्रिपक्षीय सहमति अनुसार बहिर्गमन गराइएको थियो। यसरी बहिर्गमन खर्च स्वरूप १० हजार रुपैयाँ र एउटा झोला मात्रै दिइएको थियो।’

२०६९ सालदेखि नै बाल सेनालाई रकम दिने भनेर निर्णय पटक पटक भए पनि अझैसम्म नपाएको उनीहरूको गुनासो छ।

हेर्नुस् प्रेस विज्ञप्ति

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : २२ बजे

बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सुरक्षा निकाय परिचालन भइसक्यो : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको बाढीसँगै उद्धार तथा

५ जिल्लाका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन गृहमन्त्रालयको आग्रह

काठमाडौँ– रसुवाको भोटेकोशीमा भीषण बाढी आएपछि गृह मन्त्रालयले ५ जिल्लाका

रसुवाको बाढीमा सशस्त्र प्रहरीका इन्स्पेक्टरसहित ९ जना सम्पर्कविहीन

काठमाडौं– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीमा सशस्त्र

रसुवामा तिब्बततर्फबाट भीषण बाढी, बेत्रावती र त्रिशूली बजारका घर र पुल बगायो, पाँच जिल्लामा उच्च सतर्कता

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको ठूलो बाढीपछि त्रिशूली नदीको

भोटेकोसीमा एक्कासी बाढी आएपछि गृहमन्त्रीको उपस्थितिमा आकस्मिक बैठक जारी

काठमाडौँ– रसुवाको भोटेकोसी नदीमा एक्कासी भीषण बाढी आएपछि बाढीको अवस्थाबारे