जानकी नवमी हर्षोल्लासका साथ मनाइयो « Khabarhub

जानकी नवमी हर्षोल्लासका साथ मनाइयो


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – त्रेतायुगमा वैशाख शुक्ल नवमी दिन जगत्जननी माता जानकी प्रकट (जन्म) भएको उपलक्ष्यमा शनिबार मिथिला क्षेत्रमा हर्षोल्लासका साथ जानकी नवमी मनाइएको छ।

नेपाललगायत भारतका सीता–राम मन्दिरमा मनाइने जानकी प्राकट्य महोत्सव मिथिलाका राजर्षि राजा जनकको राजधानी जनकपुरधाममा भने विगतका वर्षहरूमा जस्तै धुमधामका साथ मनाइएको जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।

करिब एक सातादेखि जनकपुरधामका सीताराम मन्दिरमा विभिन्न धार्मिक अनुष्ठान हुँदै आए पनि वैशाख शुक्ल नवमीका दिन शनिबार भने जानकी मन्दिरमा विशेष पूजा, दिपावली र आरतीसहितका कार्यक्रम आयोजना गरियो। तत्कालीन मिथिलाका राजा जनक पानी नपरेर खडेरी हुन थालेपछि किसानहरूको हौसला र वर्षाका लागि इन्द्रदेवलाई आग्रह गर्न आफैँ खेतमा हलो जोत्न लागेको बेला वैशाख शुक्ल नवमीका दिन माता जानकी धर्तीबाट प्रकट भएको किंवदन्ती छ।

त्यही दिनको सम्झना र माता जानकीको सम्झनामा शनिबार बिहानै ऐतिहासिक दूधमती नदीमा शाही स्नान, माता जानकी दिउँसो १२ बजे प्रकट हुनुभएको किंवदन्तीअनुसार जानकी मन्दिरमा प्राकट्य महोत्सव, बेलुका डोला शोभायात्रा, साँझ दिपावली र राति बधैयागानसहितका कार्यक्रम आयोजना गरियो।

यस अवसरमा हिन्दू धर्मका विभिन्न सङ्घसंस्था तथा समाजहरूले शनिबार दिउँसो जनकपुरधाममा धार्मिक र्‍याली निकालेका थिए। त्यसैगरी विश्व हिन्दू परिषद् नेपाल धनुषाले जानकी मन्दिर प्राङ्गणमा विगत वर्षहरूमा जस्तै अलौकिक कन्या पूजन् एवं सम्मान समारोहको आयोजना गरेको परिषद् धनुषाका अध्यक्ष सन्तोषकुमार साहले बताए।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : ०२ बजे

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको

क्यानडाविरुद्ध सन्दीपले दिलाए नेपाललाई लगातार दुई सफलता

काठमाडौं- आईसीसी पुरुष विश्वकप लिग–२ अन्तर्गत क्यानडा विरुद्धको खेलमा नेपालले

बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज

काभ्रेपलाञ्चोक– दुई वर्षअघिको बाढीपहिरोले क्षतिग्रस्त काभ्रेपलाञ्चोकतर्फको बिपी राजमार्गमा हाल पुनर्निर्मित सडकबाटै

सुदूरपश्चिम सरकारद्वारा ३७ अर्ब ७० करोडको बजेट सार्वजनिक

काठमाडौं– राजनीतिक उतारचढाव र बजेट शून्यताका कारण लामो समयदेखि अन्योलमा