विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ  « Khabarhub

विभिन्न स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ 


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित नौजना पक्राउ परेका प्रहरीले जनाएको छ । कैलालीको गोदावरी नगरपालिका-५ स्थित सडकबाट अवैध लागूऔषधि खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ सय ६० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-११ बस्ने २६ वर्षीय अर्जुन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा म.२ प ६८४४ नम्बरको मोटरसाइकल चालक चौधरीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका-१७ आइसिबी चेक पोइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी गढिमाई नगरपालिका-८ बस्ने ४० वर्षीय कालिराम महत्तो र सोही नगरपालिका-७ बस्ने २२ वर्षीय अम्लेष महतो रहेका छन् । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको को.१९ प ५७५२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाको बिर्तामोड नगरपालिका-१ धिमाल बस्तिबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका(५ बस्ने २५ वर्षीय खेम मगर र बुद्धशान्ति गाउँपालिका-३ बस्ने १९ वर्षीय प्रजित तामाङ रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनी र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाकै बिर्तामोड नगरपालिका-१ स्थित मनकामना स्कुल छेउबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २५ वर्षीय निश्चल भण्डारी र सोही नगरपालिका-२ बस्ने १९ वर्षीय विवेक खड्का रहेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

झापाकै अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय २० मिलिग्रामसहित मोरङ आमचोक गाउँपालिका-५ बस्ने २० वर्षीय विशाल दमाईलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट अवैध लागुऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ५ ग्रामसहित चितवन खैरहनी  नगरपालिका-३ घर भएका २९ वर्षीय सागर घिसिङलाई  प्रहरीले पक्राउ गरेको छ । गौरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख १४६३ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  २ : ५३ बजे

इरानको पुनर्निर्माणमा अमेरिका सहयोग गर्न तयार : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामपछि इरानको पुनर्निर्माणमा अमेरिका सहयोग

स्ट्रेट अफ होर्मुजबाट गुज्रिने हरेक जहाजबाट इरान र ओमानले शुल्क असुल्ने

तेहरान- अमेरिका र इरानबीच भएको दुई हप्ताको युद्धविराम सम्झौतासम्बन्धी एक

ट्रम्पले भने– चीनले इरानलाई युद्धविरामका लागि तयार गर्‍यो

वाशिंटन- युद्धविरामलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ तर्क गरेका

जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

इनरुवा– स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित

मध्यपूर्व युद्धविराम : विश्वको प्रतिक्रिया र सुरक्षित मार्ग सुनिश्चित गर्ने आशा

एजेन्सी– संयुक्त राज्य अमेरिका र इरानले दुई हप्ताका लागि युद्धविराममा