देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद « Khabarhub

देशको अर्थतन्त्र सुदृढ छ : परराष्ट्रमन्त्री साउद


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले देशको अर्थतन्त्र सुदृढ रहेको बताएका छन् ।

आज शुक्लाफाँटा नगरपालिका-५ वनसमितिमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले विदेशी मुद्राको सञ्चिति १०-१२ महिनाका लागि पुग्ने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए। उनले देश श्रीलंका जस्तै हुन्छ भनेर हल्ला फिँजाइएको चर्चा गर्दै वास्तविकता त्यस्तो नरहेको बताए। भूमिसम्बन्धी आयोगले निर्धारण गरेको जग्गाको राजस्व पुनरावलोकन गरिने उनले बताए। जग्गाको राजस्वको दर निकै उच्च रहेकाले घटाउनका लागि काम अगाडि बढाइने उनको भनाइ थियो । 

उनले आरक्ष विस्थापितको समस्या वर्षौंदेखि थाति रहेकाले समाधानका लागि प्रतिबद्ध रहेको बताए। उनले आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउन पहल गरिने बताए। चौधर नदी नियन्त्रणका लागि चालू आवदेखि काम अगाडि बढ्ने उल्लेख गर्दै उनले जिल्लाका सनबोरा, स्यालीदोदा नदी नियन्त्रणका लागि योजनाबद्धरुपमा काम अगाडि बढाइने बताए। 

उनले पार्टी संगठन मजबुत रहेको उल्लेख गर्दै युवा पङ्क्तिलाई भरोसा दिनुपर्ने बताए। भ्रातृ संगठनलाई तन्दुरुस्त राख्ने चुनौती रहेको धारणा अघि सार्दै मन्त्री साउदले पार्टीको नीति तथा कार्यक्रमलाई प्रभावकारीरूपमा जनताका बीचमा लैजानुपर्ने आवश्यकता रहेको बताए । एजेण्डा र मुद्दा लिएर जनताका बीचमा जान उनले कार्यकर्तालाई निर्देशन दिए।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ३ : १३ बजे

मुलुकको विकासका लागि सकारात्मक सोच आवश्यक : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको विकासको यात्रालाई अघि बढाउन

शशांकले भने- बीपीले शेरबहादुरलाई ‘पश्चिमको राजकुमार’ भन्नुहुन्थ्यो, उहाँ आएपछि भेला सफल भयो

काठमाडौं– नेपाली कांग्रेसका नेता शशांक कोइरालाले नेपाली कांग्रेसलाई एकजुट बनाउने

खगेन्द्रको भनाइबारे गृहमन्त्रीले भने- उजुरीको भरमा कोही न्यायाधीश नबनौँ, सरकारको स्पिरिटमा प्रहरी खटेको छ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले मन्त्रालयका सचिव र प्रहरी प्रमुखमाथि लेखा

‘हामी महाधिवेशनमा गइसक्यौँ, देउवा समूहको भेलाले पार्टीलाई असर पुर्‍याउनु हुँदैन’

काठमाडौं– नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले पूर्वसभापति शेरबहादुर देउवा समूहले

राजावादीमा फुटको रोग : दुई महिनामै धवलले दुर्गालाई छोडेर दर्ता गरे पार्टी

काठमाडौं– राजतन्त्रवादी राजनीतिमा पुनः एकपटक विभाजन र ध्रुवीकरण देखिएको छ।