निरा पाण्डेका हत्या आरोपी सार्वजनिक « Khabarhub

निरा पाण्डेका हत्या आरोपी सार्वजनिक


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं कपनस्थित सरस्वतीनगरकी निरा पाण्डे आचार्यको हत्या आरोपमा पक्राउ परेका झापाका विनोद विश्वकर्मालाई सार्वजनिक गरिएको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर  पाण्डेको हत्यामा संलग्न भएको दाबी गर्दै आरोपी झापा मेचीनगर–१० घर भई हाल भक्तपुरका लोकन्थलीमा बस्ने ३५ वर्षीय विनोद विश्वकर्मालाई सार्वजनिक गरेको हो ।

पाण्डेको हत्यामा विश्वकर्मा एक्लैको संलग्न रहेको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार पाण्डेको पसलमा पुगेर विश्वकर्माले केही भाँडा रोजिसकेपछि पैसा लिएर आउँछु भनेर बाहिरिएका र पछि पुनः आएर हत्या गरेका हुन् । आरोपी विश्वकर्माले पसलमै रहेको चक्कुले प्रहार गरेर पाण्डेको हत्या गरेका प्रहरीको भनाइ छ । 

पाण्डेले लगाएको सुनको सिक्री चोरी गर्ने क्रममा उनले हत्या गरेका हुन् । हत्यापछि पाण्डेको सिक्री र ड्रयरमा रहेका १२ सय रुपैयाँ लिएर गएका विश्वकर्माले उक्त बेचेको भेटिएको प्रहरीले जनाएको छ । 

सो सिक्री पनि फेला पारिसकेको प्रहरीको भनाइ छ । आफूहरूसँगको बयानमा विश्वकर्माले अपराध स्वीकार गरिसकेका एसएसपी आचार्यले जानकारी दिए । पसलमै रहेका बेला ७ वैशाखमा पाण्डेको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ४ : २५ बजे

काठमाडौं-४ मा ४ हजार ६१६ मतसहित रास्वपाका पुकार बमको अग्रता

काठमाडौं– काठमाडौं–४ मा जारी प्रतिनिधिसभाको मत गणनाको अहिलेसम्मको परिणाम अनुसार

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा– झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत

काठमाडौं- एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रारम्भिक नतिजा

चितवन ३ मा पनि रास्वपा अगाडि

चितवन– पछिल्लो मत परिणामअनुसार चितवन ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी

स्याङ्जा–१ मा रास्वपा उम्मेदवार अगाडि, कांग्रेसले पछ्याउँदै

स्याङ्जा– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर १ मा