रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु « Khabarhub

रोल्पामा जीप दुर्घटना हुँदा एकको मृत्यु


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – रोल्पामा जीप दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा गङ्गादेव गाउँपालिका–२ ओइलाम निवासी १५ वर्षीय तिलक वली रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी उपरीक्षक श्याम सारुमगरले जानकारी दिए ।

तुलसीपुरदेखि रोल्पाको गङ्गादेव गाउँपालिका–६ ताप्लातर्फ आउँदै गरेको लु १ ज ४७५५ नम्बरको डबल क्याप जीप आज बेलुकी १६ः३० बजेको समयमा रोल्पाको गङ्गादेव गाउँपालिका–२ हेलुमखोलास्थित दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप ओरालो कच्ची बाटोमा अचानक बे्रक फेल र स्टेरिङले काम नगरी सडकबाट करिब तीन सय मिटर तल खसी दुर्घटना भएको प्रहरी प्रमुख सारुमगरले बताए ।

जीपमा सवार चालकसहित १० जनामध्ये नौ घाइते भएका छन् । घाइतेलाई तत्काल उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि थप उपचारका लागि दाङतर्फ पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : १५ बजे

दसैँ एकातिर, धान भित्र्याउने चटारो अर्कातिर

डडेल्धुरा– नेपालीहरूको महान् चाड बडादसैँ नजिकिँदै गर्दा यहाँका किसान भने

टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

जुम्ला– नेपाल टेलिकम शाखा कार्यालय जुम्लाले गत आर्थिक वर्ष २०८२-८३

मन्त्री फेरिएको एक महिना पुग्यो, बजारमा उस्तै छ ग्यासको लाइन 

काठमाडौं– ग्यास आपूर्तिकै विषयले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री  फेरिएको एक

खगेन्द्रलाई इङ्गित गर्दै हर्क भन्छन्- मेरा सांसदले त्यस्तो भनेको भए जुत्ताको माला लगाएर सहर डुलाउथेँ

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद

आयुषचन्द्र रेग्मीले ल्याए र्‍याप गीत ‘तान्त्रिक’

काठमाडौँ – मनोवैज्ञानिक परामर्शदाता आयुषचन्द्र रेग्मीको र्‍याप गीत ‘तान्त्रिक’ सार्वजनिक