कांग्रेस पदाधिकारी बैठक : सरकारमा पठाउने थप मन्त्रीबारे भएन छलफल « Khabarhub

कांग्रेस पदाधिकारी बैठक : सरकारमा पठाउने थप मन्त्रीबारे भएन छलफल


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठकमा नीति अधिवेशनका साथै अन्य तीन एजेण्डामाथि छलफल भएको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराही बसेको बैठकमा पार्टीको नीति अधिवेशन, भ्रातृ संघसंस्थालाई पूर्णता र महाधिवेशन तथा सरकारको कामकारबाहीबारे छलफल भएको हो ।

बैठकमा सरकारमा पठाउने थप मन्त्रीबारे भने कुनै छलफल नभएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए । कांग्रेसले ८ मन्त्री पाएको भए पनि अहिलेसम्म ५ मन्त्री मात्रै सरकारमा पठाएको छ।

नीति अधिवेशन गर्नेबारे छलफल भएपनि कहिले नीति अधिवेशन गर्ने भन्नेबारे सभापति देउवाले सबैसँग छलफल गरेपछि निर्णयमा पुगिने बताएका छन् । कांग्रेसले २०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा नीति छाडेर नेतृत्व महाधिवेशन मात्रै गरेको थियो। नीति अधिवेशन पछि गर्ने भने पनि अहिलेसम्म मिति तय हुन सकेको छैन।

बैठकमा सरकारका कामकारबाही थप जनमुखी बनाउने विषयमा पनि छलफल भएको बताएको छ ।यस्तै नेविसंघ र तरुण दलजस्ता भ्रातृ संघसंस्थालाई पूर्णता दिएर छिटो महाधिवेशन गर्नुपर्ने विषयमा पनि आवाज उठेको बैठकमा सहभागी एक नेताले बताए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : १७ बजे

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान गर्न

बैंकका सञ्चालक र ठूला शेयरधनीको पृष्ठभूमि अनिवार्य खुलाउनुपर्ने राष्ट्र बैंकको नयाँ व्यवस्था

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको सुशासन र

सहकारी क्षेत्रमा कडाइ बढ्यो, देशभरका संस्थाको विवरण अद्यावधिक गर्न मन्त्रालयको निर्देशन

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

युद्धविरामका बाबजुद वेस्ट ब्यांकबाट नौ प्यालेस्टिनी पक्राउ

एजेन्सी–  युद्धविराम सम्झौता कायम रहेकै अवस्थामा इजरायली सेनाले बिहीबार कब्जा

पुराना नेताको उछितो काढ्न उनीहरूकै सन्तानको प्रतिस्पर्धा

काठमाडौं- २१ फागुनको निर्वाचनमा १८२ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टी