आगोमा जलेर कुनै नेपालीले मर्नु नपरोस् : सांसद भण्डारी | Khabarhub Khabarhub

आगोमा जलेर कुनै नेपालीले मर्नु नपरोस् : सांसद भण्डारी


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता एवम् सांसद चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । भारतको मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचार सकेर उनी आइतबार साँझ स्वदेश फर्किएका हुन् । उपचार सकेर नेपाल फर्किएपछि डा। भण्डारीले आगलागीबाट हुने मृत्युदर कम गर्न पैरवी गर्ने बताए ।

उनले एक प्रेस नोट जारी गर्दै कुनै पनि नेपालीले आगलागीबाट मर्नु नपरोस् भन्ने पहिलो अभियान आफ्नो हुने बताएका छन् । त्यसका लागि आवश्यक नीतिगत सुधार तथा कानुनी व्यवस्थाका लागि लागिपर्ने उनले बताए ।

आफूलाई बाँच्नका लागि साथ र सहयोग गरेकोमा नेपाल सरकार, विभिन्न राजनीतिक दलका नेताहरु, सहकर्मीप्रति आभार र धन्यवाद व्यक्त गरेका छन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुमाझ नेता भण्डारीले आफू थप उपचारको लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुशी समेत व्यक्त गरे ।

उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : २३ बजे

लागूऔषध कारोबारी पक्राउ गर्न गोली प्रहार

नेपालगञ्ज– बाँकेको जानकी गाउँपालिका-६ स्थित गनापुरमा लागूऔषध कारोबारी पक्राउ गर्न

पूर्ण बहादुरको ‘सारङ्गी’मा मुकुन अनुबन्धित

काठमाडौं– पछिल्लो समय नेपाली फिल्म क्षेत्रका व्यस्त अभिनेता हुन् मुकुन

कोशीको मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको दाबी पेस

विराटनगर – एमाले-माओवादीको गठबन्धले नयाँ सरकार गठनका लागि दाबी पेश

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको

गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश मनोजकुमार शर्माको इजलासमा

काठमाडौं– गण्डकी प्रदेश सरकारविरुद्ध परेको रिटको पेसी आजलाई तोकिएको छ