तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग « Khabarhub

तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्कालअघि बढाउनुपर्नेलगायतका माग राख्दै दबाबमूलक कार्यक्रम प्रारम्भ गरेको छ ।

बारको मागमा प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने, सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्ति गर्नुपर्ने र पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने माग गरेको छ ।

न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसङ्गति अन्त्य गर्नुपर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नुपर्ने, संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाउनुपर्ने र संवैधानिक दायित्व पूरा गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा उत्रिएको हो ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्तिलगायतका विभिन्न माग राखेर बारले दबाबमूलक कार्यक्रमकको घोषणा गरेको र उक्त माग पूरा नभएसम्म बार चुप लागेर नबस्ने बताए ।

राष्ट्रियसभामा पेस गरिएको मर्यादासम्बन्धी विधेयकप्रति बारको असहमति भएको र विधेयकमा प्रधानन्यायाधीशको मर्यादाक्रम चौथो स्थानबाट घटुवा गरी पाँचौं स्थानमा राखिनु गलत भएकाले तत्काल सच्याउन सरकारसँग उनले माग गरे । सरकारलाई दबाब दिनका आजदेखि बारले एक सातासम्म प्ले कार्ड लिएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : ०८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको