तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग | Khabarhub Khabarhub

तत्काल प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन बारको माग


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एशोसियशनले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया तत्कालअघि बढाउनुपर्नेलगायतका माग राख्दै दबाबमूलक कार्यक्रम प्रारम्भ गरेको छ ।

बारको मागमा प्रधानन्यायाधीशको नियुक्ति अविलम्ब गर्नुपर्ने, सर्वोच्च अदालतलगायत सबै तहका अदालतमा रिक्त रहेका न्यायाधीश यथाशीघ्र नियुक्ति गर्नुपर्ने र पूर्ण स्वचालित पेशी व्यवस्थापन प्रणाली लागू गर्नुपर्ने माग गरेको छ ।

न्यायालयभित्रको भ्रष्टाचार, विकृति, विसङ्गति अन्त्य गर्नुपर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नुपर्ने, संवैधानिक परिषद्को बैठक अविलम्ब बोलाउनुपर्ने र संवैधानिक दायित्व पूरा गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा उत्रिएको हो ।

बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले प्रधानन्यायाधीश नियुक्तिलगायतका विभिन्न माग राखेर बारले दबाबमूलक कार्यक्रमकको घोषणा गरेको र उक्त माग पूरा नभएसम्म बार चुप लागेर नबस्ने बताए ।

राष्ट्रियसभामा पेस गरिएको मर्यादासम्बन्धी विधेयकप्रति बारको असहमति भएको र विधेयकमा प्रधानन्यायाधीशको मर्यादाक्रम चौथो स्थानबाट घटुवा गरी पाँचौं स्थानमा राखिनु गलत भएकाले तत्काल सच्याउन सरकारसँग उनले माग गरे । सरकारलाई दबाब दिनका आजदेखि बारले एक सातासम्म प्ले कार्ड लिएर प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : ०८ बजे

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार सन्

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा