अर्थमन्त्री महतसमक्ष मतदाता अधिकार मञ्चको ध्यानाकर्षण « Khabarhub

अर्थमन्त्री महतसमक्ष मतदाता अधिकार मञ्चको ध्यानाकर्षण


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री प्रकाशशरण महतसमक्ष नेपाल मतदाता अधिकार मञ्चले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गर्न माग गरेको छ ।

मञ्चका अध्यक्ष भक्त विश्वकर्मासहित आज सिंहदरबारमा भएको भेटमा लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास बालिग मताधिकारको जनअभिमतबाट मात्र हुने भएकाले जिल्ला बाहिर र देश बाहिर रहेका मतदातालाई मतदानको प्रक्रियामा समावेश गराउन उचित नीति, योजना र बजेटको व्यवस्था गर्न माग गरिएको हो ।

अर्थमन्त्री महतले सरकार यी विषयमा गम्भीर भएको र बजेट निर्माण गर्ने बेलामा त्यस विषयमा ध्यान दिने बताए । ध्यानाकर्षण पत्रमा आम मतदाताहरु विशेष गरेर सिमान्तकृत एवं बञ्चितीमा पारिएका मतदातामार्फत जन निर्वाचित निकाय एवं जनप्रतिनिधिहरुको जवाफदेहीता प्रवद्धन गर्न ‘जनाताका आँखामा विकास र बजेट’ भन्ने नीतिगत व्यवस्था अविलम्ब गर्न माग गरिएको हो ।

मञ्चका अध्यक्ष विश्वकर्माले आगामी नीति, योजना, बजेट र कार्यक्रम बनाउँदा उक्त विषयहरुलाई पनि समेटेर बनाउन आग्रह गरे । नेपाली समाजमा कलङ्कको रुपमा रहेको छुवाछूत, जातीय विभेद र यसले सिर्जना गरेका तमाम असमानताको अन्त्य गर्न र जातीय भेदभाव तथा छुवाछूत (कसुर र सजाय) ऐनको प्रभावकारी कार्र्यान्वयनको लागि यथेष्ट बजेटको व्यवस्था गर्नुपर्ने ध्यानाकर्षण पत्रमा छ ।

जातीय भेदभाव तथा छुवाछूतका पीडितलाई उचित क्षतिपूर्ति दिने र नेपाललाई छुवाछूत मुक्त राष्ट्र बनाउन राष्ट्रिय अभियान चलाउने नीति, कार्यक्रम र बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख छ । महिला, दलित, अपाङ्गता भएका नागरिक, आदिवासी जनजाति, मधेशी, मुस्लिम, एकल महिला, यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक आदिको आर्थिक तथा सामाजिक उत्थान र सशक्तीकरणका लागि समुदाय लक्षित कार्यक्रम ल्याउन माग गरिएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १० : ५७ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको