नमोबुद्धमा तीनदिने ग्रामीण चलचित्र महोत्सव हुँदै « Khabarhub

नमोबुद्धमा तीनदिने ग्रामीण चलचित्र महोत्सव हुँदै


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकामा तीनदिने ग्रामीण चलचित्र महोत्सवको आयोजना गरिने भएको छ । ग्रामीण परिवेशमा आधारित चलचित्रलाई प्रोत्साहन गर्ने उद्देश्यले नमोबुद्धमा यही जेठ अन्तिम साता उक्त महोत्सव गर्न लागिएको आयोजकले जनाएका छन् ।

चलचित्र विकास बोर्डको सहयोगमा सेलिब्रेटी नेपाल नामक संस्थाले आयोजना गर्न लागेको उक्त महोत्सवमा ग्रामीण परिवेशमा आधारित २६ चलचित्र तथा ‘डकुमेन्ट्री’ को प्रदर्शनीसमेत गरिने छ । यही जेठ २५, २६ र २७ गते खुलारूपमा चलचित्र प्रदर्शन गरिने संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए। उनका अनुसार ग्रामीण मानिसलाई ग्रामीण परिवेशका चलचित्र देखाउने अर्को उद्देश्य हो । 

महोत्सवमा प्रदर्शन गरिएका चलचित्र तथा डकुमेन्ट्रीलाई उत्कृष्ट १० विधामा अवार्ड प्रदान गरिने उनले बताए । साथै महोत्सवमा सरोकारवालाबीच ग्रामीण परिवेशमा आधारित चलचित्रका समीक्षासमेत गरिने योजना बनाइएको छ । 

संस्थाले यसअघि गोरखाको लाप्राकमा ग्रामीण चलचित्र महोत्सवको आयोजना गरेको थियो । महोत्सव आयोजनाले स्थानीयलाई मनोरञ्जनसँगै चलचित्रप्रतिको चासो तथा सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीय क्षेत्र नमोबुद्धमा चलचित्र छायांकनमा आकर्षण बढ्ने विश्वास गरिएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ७ : ४१ बजे

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति

गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय महिला टी–२०

अफगानिस्तान शक्तिशाली भूकम्प, भारतसहित आठ देशमा धक्का

काठमाडौं – अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा शनिबार साँझ ६.२ म्याग्निच्युडको शक्तिशाली

पेस्तोल र गोलीसहित दुई युवक पक्राउ

जनकपुरधाम – प्रहरीले धनुषाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चौकस्थित एक होटलबाट

घाँस काट्ने क्रममा रूखबाट खसेर बालिकाको मृत्यु

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा आज रूखबाट खसेर एक