आर्थिक वर्षको बजेटमा समेटिएका कर्णालीका मुख्य आयोजनाहरू  « Khabarhub

आर्थिक वर्षको बजेटमा समेटिएका कर्णालीका मुख्य आयोजनाहरू 


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ । सरकारले कर्णाली प्रदेशका दश वटै जिल्लामा लिप्ट सिँचाइ सुविधा पुर्‍याउन ‘कर्णाली एकीकृत कर्णाली सिँचाइ आयोजना’ सञ्चालन गर्ने र अर्गानिक उत्पादन (कोदो, फापर, जौ लगायतका) बस्तुको खरिद गर्ने घोषणा गरेको छ ।

यस्तै कर्णालीमा महिलाहरूका लागि बढी लाभदायी मानिएको राष्ट्रपति महिला उत्थान कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिइएको छ । बजेटमा घोषणा गरिएका आयोजना मध्ये प्रदेश राजधानी सुर्खेतमा सबैभन्दा धेरै आयोजनाहरू समेटिएका छन् ।

सरकारले सुर्खेतमा औषधि परीक्षण प्रयोगशालाको स्थापना, भेरीगंगाको छिन्चुमा निर्माणाधीन सरुवा रोग अस्पताल, सुर्खेत मेडिकल कलेज स्थापनाको कामलाई अगाडि बढाउने, पञ्चपुरीमा जलवायु अनुकुल खानेपानी आयोजना, भेरी पम्पिङ आयोजना सञ्चालन, मदन भण्डारी राजमार्ग अन्तरगत सुर्खेत खण्डको निर्माण गर्ने र राता नाङलाको राडारलाई पूर्ण रुपमा सञ्चालन गर्ने घोषणा गरेको छ ।

यस्तै, सुर्खेतको भेरी बबई बहुउद्देश्य आयोजनालाई सरकारले १ अर्ब १४ करोड बजेट बिनायोजना गरेको छ । आयोजनाको र पावर हाउस निर्माणका लागि यो बजेट विनियोजन गरिएको हो । आयोजनाबाट बाँकी र बर्दियाको ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याइने छ । यसैगरी सुर्खेतमा नमूना आवाशिय सामुदायिक विद्यालय स्थापनाको लागि सम्भाव्यता अध्ययन तथा पूर्ण सञ्चालनको प्रक्रिया अगाडि बढाउने र भेरीगंगा उपत्यकाको शहरी विकासका लागि गुरुयोजना निर्माण जस्ता आयोजनाहरू समेटिएका छन् ।

यस्तै दैलेखका तीन वटा महत्वपूर्ण आयोजनाहरू समेटिएका छन् । जसमध्ये पेट्रोलिय पदार्थको उत्खननको सबैभन्दा ठूलो आयोजना हो । सरकारले पेट्रोलियम पदार्थ उत्खनन्को बाँकी काम अगाडि बढाउन बजेट विनियोजन गरेको घोषणा गरेको छ । राकम कर्णालीमा स्याटलाइट अस्पताल स्थापना गरिने भएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा रहने गरी १०० शैयाको स्याटालाईट अस्पताल स्थापना गरिने भएको हो । आठविस नगरपालिकाको राममा स्याटालाईट अस्पताल स्थापना तथा सञ्चालन गर्ने घोषणा गरेको हो । सरकारले दैलेखको पञ्चकोशी क्षेत्रको संरक्षण, पूर्वाधार निर्माण र सौन्दर्यकरणमहावुमा जलवायु अनुकुल खानेपानी आयोजना निर्माण गर्ने घोषणा गरेको छ ।

यस्तै जुम्लामा विमानस्थलको स्तरोन्नति र मार्सी चामलको बान्डिङ महत्पूर्ण आयोजनाहरू हुन् । सरकारले मार्सी ब्रान्डिङ मात्र नभएर मार्सी धान खरिद समेत गर्ने घोषणा गरेको छ । यस्तै जुम्लाको चर्चित धार्मिक पर्यटकीय स्थल चन्दननाथको विकासका लागि बजेट बिनियोजन गरेको छ ।

रुकुमपश्चिममा सरकारले तीन ठूला तथा रणनीतिक आयोजनाहरू सञ्चालन गर्ने घोषणा गरेको छ । जसमध्ये रुकुम जिल्ला सदरमुकामसम्म जोड्ने राप्ती राजमार्गको स्तरोन्नति सर्वसाधारण नागरिकका लागि सबैभन्दा महत्वपूर्ण आयोजना हो । हाल यात्रु अभावका कारण बन्द अवस्थामा रहेको चौरजहारी विमानस्थलको स्तरोन्नति र पर्यटकीय क्षेत्रमा पदमार्ग पनि स्थापना गर्ने घोषणा गरेको छ ।

 यस्तै सल्यानमा सरकारले तीन वटा वटा ठूला आयोजना समेटेको छ । जसमध्ये राप्ती राजमार्गको स्तरोन्नति महत्वपूर्ण आयोजना हो । रुकुमपश्चिमको सदरमुकामसम्म जोड्ने यो आयोजनाको लाभ सबैभन्दा सल्यानले नै लिइरहेको छ ।

राप्ति राजमार्गको स्तरोन्नतिका लागि सरकारले आगामी आर्थिक वर्ष २०८०-०८१ मा ९० करोड बजेट बिनियोजन गरेको छ । यस्तै पर्यटकीय क्षेत्र छत्रेश्वरीको विकास तथा संरक्षणका लागि पनि सरकारले बजेट बिनियोजन गरेको घोषणा गरेको छ । 

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ८ : ०४ बजे

ग्रे लिस्टबाट निस्किन सकेन नेपाल, एफएटीएफले भन्यो : सम्पत्ति शुद्धीकरण अनुसन्धान प्रभावकारी भएन

काठमाडौं– नेपाल सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क

टिपर दुर्घटनामा चालकको मृत्यु 

तनहुँ– स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बा नजिक टिपर दुर्घटनामा चालकको मृत्यु

आत्मा पवित्र माङहिम बन्दैछ धार्मिक पर्यटकीयस्थल

पाँचथर– पाँचथरको हिलिहाङ गाउँपालिका–६ गुराँसेमा निर्माण भइरहेको आत्मा पवित्र गुराँसे

झापामा लागूऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन

झापा– पछिल्लो समय लागूऔषध सेवन र कारोबारमा संलग्न युवायुवतीको सङ्ख्या

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

बागमती– लामो समयदेखि बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योगलाई पुनः