'गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लियो' | Khabarhub Khabarhub

‘गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लियो’


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लिएको बताएका छन् ।

गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँ अहिले धेरै राजाहरूले लिएको उनको भनाई थियो । भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उनले ठूल्ठूला पदमा बस्नेहरू नै अपराधी भएको दोहोर्‍याए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका उठाउनेहरू देशद्रोही अपराधी भएको उनको भनाई थियो । पटकपटक अपराधी शब्द दोहोर्‍याएका उनले एकजना अपराधीको ठाउँमा धेरै अपराधीहरू हुँदा देश यो स्थितिमा पुगेको उनको भनाइ छ ।

 एउटा राजाको ठाउँमा धेरै राजाहरूले ठाउँ लिँदै आएको बताउँदै आएका उनले अपराधीहरूको संख्या झनझन् बढ्ने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ती अपराधीहरूले नै देशलाई, जनतालाई दोहोर्याइरहेका छन् । यसकारण जनता सचेत हुनुपर्ने उनको धारणा थियो ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ८ : ४६ बजे

ज्ञानको तिर्खा घट्यो (फोटो फिचर)

प्रज्ञा– चेतनाको नेतृत्व लिएका दुई बौद्धिक निकाय नेपाल प्रज्ञा प्रतिष्ठान

भिमादका महिलाहरू आयआर्जनतर्फ अग्रसर 

दमौली– तनहुँको भिमाद नगरपालिका–६ का महिलाहरू आयआर्जनतर्फ अग्रसर भएका छन्

कृषिमा आधुनिक प्रविधिको प्रयोग बढ्दो

गलकोट– यहाँका किसानले कृषिमा आधुनिक प्रविधिको प्रयोग बढाएका छन् ।

सुनिनै छाडे मौलिक भाका

ढोरपाटन – बागलुङमा बढी प्रचलित सोरठी, मारुनीलगायत मौलिक भाका र

नेपाल र चीनबीचका सबै नाका खोल्ने सहमति भएको छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोरोना महामारी सुरु हुनुभन्दा