साउदीमा थप १२ हजार आप्रवासी नागरिक पक्राउ « Khabarhub

साउदीमा थप १२ हजार आप्रवासी नागरिक पक्राउ


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीमा थप १२ हजार ९३ जना आप्रवासी नागरिक पक्राउ परेका छन् । साउदी सरकारले गैरकानुनी कामदारमाथि धड्पकड तीब्र पारेसँगै एक साताभित्र राज्यका विभिन्न क्षेत्रबाट रेसिडेन्सी, श्रम ऐन र सीमा सुरक्षा नियम उल्लंघन गर्ने १२ हजार ९३ जना पक्राउ परेका हुन् ।

१८ देखि २४ मेसम्म सुरक्षा बलका विभिन्न इकाइले राज्यभर गरेको संयुक्त फिल्ड अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको साउदीको गृह मन्त्रालयले जनाएको छ  ।

पक्राउ पर्नेमा रेसिडेन्सी प्रणाली उल्लङ्घन गर्ने ६ हजार ५ सय ९८, सीमा सुरक्षा नियम उल्लङ्घन गर्ने ४ हजार ८२ र श्रम कानून उल्लंघन गर्ने १ हजार ४१३ रहेका छन् ।

राज्यमा सीमा पार गर्न खोज्दा ४ सय १ व्यक्तिहरू पक्राउ परेका थिए, ४५ प्रतिशत यमनी, ५३ प्रतिशत इथियोपियाली र २ प्रतिशत अन्य राष्ट्रियताका थिए भने ६४ उल्लङ्घनकारीहरू साउदी अरेबियाबाट बाहिर जानको लागि सीमा पार गर्न खोज्दा पक्राउ परेका थिए। यी मध्य कानुन उल्लङ्घन गर्नेलाई ओसारपसार गर्ने र आश्रय दिने १३ जनालाई पनि सुरक्षा बलले पक्राउ गरेको जनाइएको छ । 

यी सबैलाई सजाय तथा कानुनी प्रकृया पुर्‍याएर देश निकाला गरिने जनाएको छ । घुसपैठ गर्ने, राज्य प्रवेशमा सहजीकरण गर्ने, ढुवानी, आश्रय दिने, कुनै सहयोग वा सेवा प्रदान गर्नेलाई १५ वर्षसम्म कैद र अधिकतम १० लाख साउदी रियाल जरिवानाको सजाय हुने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय साउदीले भिसाको म्याद सकिएर लुकिछिपी बस्ने आप्रवासीलाई लक्षित गरि धड्पकड अभियान तीब्र पारेसँगै गैरकानुनी रुपमा त्यहाँ कार्यरत सयौँ नेपालीहरू पनि पक्राउ परेका र हाल उनीहरूलाई जेलमा राखिएको र जेल अवधि समाप्त गरेपछि आवश्यक कानुनी प्रक्रिया पूरा गरी डिपोर्ट गर्ने गरेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ९ : १७ बजे

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार

पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौं– साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन– जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब टाइफस

दरबार हत्याकाण्डबारे ओलीको दाबी : ‘दीपेन्द्रले बाबुआमाको हत्या गरेका थिएनन्’

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले २०५८

साउन लागेसँगै इन्द्रचोकको पोते बजारमा चहलपहल (तस्बिरहरू)

काठमाडौं– साउन लागेसँगै काठमाडौंको इन्द्रचोकमा रहेको पोते बजारमा चहलपहल बढ्न