मैले विशेष गरेर चाइना र साउथ एसियन ऊर्जा र वातावरणको बारेमा हेरिरहेको हुन्छु। त्यसमा प्राय सबैको अर्थतन्त्रमा हेर्न सकिन्छ। हामीले चाइना र बंलादेशको विकासबाट सिक्ने हो। चाइना सबै क्षेत्रमा विकास भएको छ। त्यो हामीले कपी गर्न सक्दैनौँ। कतिपय विकासका कुरा बंगलादेशबाट कपी गर्न सक्छौं।
सबै क्षेत्र बिग्रिएको छ। सरकारको लगानी सबै जग्गा किन्नमा गएको छ। माछा पोखरी भन्छन्। जग्गामात्र किनेर राख्छन्। यस्तो अवस्थामा ऊर्जा क्षेत्र निकै मूल्यवान छ। यो देशको सबै भन्दा ठुलो लागत के भनेर अर्थ मन्त्रालयलाई थाहा होला।
हाम्रो हिसाब र विदेशीको हिसाब फरक हुन्छ। विदेशीले खानाका कुरामा निर्यात धेरै प्राथमिकता दिन्छन्। सबै देशको क्राइसिस ऊर्जामा छ। किनभने हामी सेल्फ ऊर्जामा छैनौँ। विकसित हैनौँ जसको निर्यात धेरै छ। त्यसैबाट हामी ऊर्जा आयात गरिराखेका छौं। हाम्रो ऊर्जा आयात धेरै भएको छ। जस्तो डिजेल, पेट्रोल, खाना पकाउने ग्यासमा ठूलो लगानी छ। त्यसैले अहिलेको अर्थतन्त्रमा यसको चुनौती धेरै देखिन्छ।
मेरो विचारमा सरकारले सबै देशमा पूर्वाधार फोकस गर्छ। जस्तो अहिले बंगलादेशमा सरकारले पूर्वाधार फोकस गरेको छ। बाँकी काम सबै प्राइभेट क्षेत्रलाई गर्न दिने भएको छ। म यो बनाइदिन्छु तिमी यो गर भन्छ। उनीहरूको देशमा निजी क्षेत्रले काम सरकारले छुँदै छुँदैन। त्यसकारण हामीले त्यो पनि सिक्नुपर्ने अवस्था छ।
पूर्वाधारमा पनि हाम्रो हुनुपर्ने एउटा तर भएको चाहिँ अर्को छ। हाइड्रो, फास्ट ट्रयाक, तामाकोसी बनाउने कुरामा कमजोरी भएका छन्। बन्न त बन्यो तर आउने आम्दानी सबै खर्चले र ब्याजले नै खाइदियो। विमानस्थल निर्माणमा त्यस्तै छ। खर्च गएको छ तर काम छैन्। रिङरोड त्यस्तै छ। २८ करोडको लोन लिएर कलंकीदेखिको बाटो बिगारिएको छ। त्यस्तो बाटोमा ट्राफिक लाइट छैन। हामीलाई एकदमै चाहिने पूर्वाधार थियो तर हामीले उपयोग गरेनौं । अहिले पूर्व–पश्चिम रेल मार्गमा लागेका छौं। अहिले हामीलाई चाहिले पूर्वाधारको प्रोजेक्ट भनेको वीरगन्जदेखि काठमाडौं रेल हो। सरकारी बजेटमा धेरै लोभ हुने देखियो। चीनको प्रोजेक्टमा नाफा खान नपाउने हो कि सरकारी बजेट हालेको ? ठेकेदारले १० या २० प्रतिशत नै नाफा खाए पनि मिलाएर खाँदा विकास हुन्छ।
केही राम्रा कुरा पनि हुँदैछन्। जसमा एफबिआईमा करिब १० विलियन बराबरको इन्डियाको ६ वटा प्रोजेक्ट सुरु हुन्छ। यो राम्रो हो। युक्रेनको युद्ध नेपालको लागि राम्रो होइन। तर नेपाललाई नयाँ ज्ञान दिएर गयो। यसमा पश्चिमी देशको प्रेसर आयो। इन्डिया र बंलादेशलाई प्रेसर आयो। त्यसमा बंगलादेश त स्वतः जानै सक्दैन। उसलाई नेपालसँग ९ हजार मेगावाट नकिनी सुख नै छैन। ९ हजार मेगावाट भनेको २५ विलियन डलर हो।
यो वर्ष २ विलियन डलरको कम्तीमा सुनकोसी अगाडि बढाउने त्यसमा इन्डियालाई पनि सहभागी गराएपछि यो ट्रान्समिसन लाइन पाइहाल्छ भन्ने कुरा हो। यसमा सरकारलाई धन्यवाद दिनुपर्छ।
राम्रो कुरा के हो भने यो वर्ष पश्चिम साइडबाट पावर बंगलादेश जानै सक्दैन। जस्तो अपर कर्णालीको पावर बंगलादेश जानु भनेको उनीहरूको पोलिसिमा पर्दैन। पूर्वी साइडको प्रोजेक्टमा बंलादेशलाई फाइदा छ। पानीको समस्याले उनीहरूमा समस्या परेको छ। साढे १७ करोड जनसंख्याले खाद्यान्न पुर्याएको छ। जबकी हामी दुई करोड ९१ लाखले यति धेरै आयात गर्नुपर्छ। कृषिमा लागेकालाई पनि इच्छा नै छैन।
रियल जुस आयो। इन्डियाबाट आयो ‘मेड इन नेपाल’ जुस लेखियो। त्यो देख्दा वाह नेपाल भन्दा मजा आउने। कुन दिन उठेर गयो भने केही पनि छैन। न त्यसको न टेक्नोलोजी ट्रान्सफर छ। अर्को मारुनी पहिला जापानबाट आयात हुन्थ्यो। तर अहिले इन्डियाबाट जापान थाइल्यान्डलगायतका देशमा जाने रहेछ।
त्यसैले हामीले सुरुमा जस्तो एफपीए आए पनि लिनुपर्थ्यो त्यसमा हामीले गल्ती गर्यौँ। अब त कि टेक्नोलोजी ट्रान्सफर गर्नुपर्यो कि नेपालमा नै सस्टेन हुनुपर्यो। उनीहरू गए पनि बस्नुपर्यो। जस्तो भोटेकोसी पावर अमेरिकाले बनायो छोडेर गयो। हाम्रो रियल जुसमा एउटा सुन्तला पनि लाग्दैन। त्यति बेला नीति बनाउँदा तिमीले छदेखि १० प्रतिशत नेपाली फ्रुड नै प्रयोग गर्नुपर्छ भनेको भए त नेपालमा फ्रुडको विकास हुन्थ्यो । त्यसकारण हामी अझै सुध्रिने बाटोमा छैनौँ। देशको अर्थतन्त्र हेर्दा यो देश धनी नै नभई गरिब बन्ने भयो। जति धन छ ब्ल्याक मनीमा गएका छन्। त्यसैले सबैतिर समस्या देखिन्छ। यो वर्ष बंलादेशमा ट्राभल ट्याक्स लगाएको छ। यो राम्रो हो। मैले अर्थमन्त्रीलाई विद्युतमा भ्याट लगाइदिनुहोस् भनेको छु।
मदिरा र चुरोटमा बंलादेशले ठुलो ट्याक्स लगाएको छ। विदेशिने विद्यार्थी धेरै छन्। अहिलेको युवालाई नेपालमा भविष्य नै देख्दैनन्। यसमा सरकारले गम्भीर रुपमा लिनुपर्छ। त्यसैले देश अहिले सुत्नै पर्ने अवस्थामा छ। हामी युद्धमा छौँ भन्ने बिर्सिएर ठिक ठाउँमा छौं भन्ने सोच्यौ र बस्यौँ भने ठुलो दुर्घटनामा पर्छौं। त्यसैले सरकारले निजी क्षेत्रको स्पिड बढाउन जरुरी छ। तर अझै पनि सरकारको निजी क्षेत्रमा ध्यान गएको छैन।
पूर्वाधार छान्दा सही रूपले छान्नुपर्छ। जस्तो जनकपुर रेल बनाउँदा बिजुली लिनुपर्छ भन्दा कसैले सुनेनन् । डिजेल राखेर जेनेरेटर चलाउने, जेनेरेटर बाल्दा बत्ती निकालेर अनि बिजुली चल्ने रेल ल्यायौँ। अनि नयाँ सिस्टम भनेर नाम राखेको छ। ता कि त्यो सबै भन्दा महंगो इन्जिन सिस्टम हो। कमिसनको खेल होला त्यसमा। भनेपछि हामी सबै देश बिगार्न उन्मुख छौँ भने यो देशको भविष्य के होला ? (खबरहरबले आयोजना गरेको आर्थिक कार्यक्रममा व्यवसायी ज्ञानेन्द्रलाल प्रधानले राख्नुभएको धारणा)
प्रतिक्रिया