डा. शाही क्यान्सर सचेतना अभियानका लागी सद्भावना दूत नियुक्त  « Khabarhub

डा. शाही क्यान्सर सचेतना अभियानका लागी सद्भावना दूत नियुक्त 


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन अन्तराष्ट्रिय समन्वय समिति क्यान्सर सचेतना अभियानका लागि  सद्भावना दूतमा (ब्रान्ड एम्बेसडर) नियुक्त भएका छन् ।

अमेरिका भ्रमणमा रहेका शाहीलाई समितिको सचिवालयको निर्णय अनुसार अध्यक्ष माधव मरासिनीले क्यान्सर सचेतना अभियानका लागि  सद्भावना दूत नियुक्त गरेका हुन्।  क्यालिफोर्नियामा आयोजित  एक कार्यक्रममा डा. शाहीलाई सोमबार सद्भावना दूत नियुक्त गर्नुका साथै सम्मानसमेत गरिएको थियो  । 

डा. शाहीलाई अध्यक्ष मरासिनीले सम्मान गर्दै थप सफलताको शुभकामना दिए। साथै क्यान्सर रोग निवारणको लागि गरिने अनुसन्धान, रोकथाम ,उपचारका लागि समन्वय समितिको सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। यस्तै महासचिव दिपेश लामाले नेपालमै आधुनिक  क्यान्सर अस्पताल खोल्न अत्यन्त आवश्यक रहेको  र त्यसको नेतृत्व लिनको लागि डा. शाही लाई आग्रह गरे।

यस्तै डा. शाहीले  समितिले गरेको सम्मानलाई आफूले क्यान्सर उत्थान रोकथाम उपचारका क्षेत्रमा गरेको कामको इनामको रुपमा लिएको र यसले क्यान्सरको क्षेत्रमा अझै राम्रो काम गर्न हौसला प्रदान गरेको  बताउँदै आगामी दिनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले गरेका काम  विश्वसामु चिनाउन आफू सदैव लागिपर्ने बताए। 

समितिको पहलमा डा. शाहीले नेतृत्व लिने गरि  सुविधा सम्पन्न क्यान्सर अस्पताल खोल्ने दुई पक्षबीच सम्झौता भएको छ। 

 यसैबीच अब छिट्टै बर्दियाको राजापुर नगरपालिकामा ९ वर्ष देखि १५ वर्ष उमेर सम्मका सरकारी विद्यालयमा अध्ययनरत बालिकाहरूलाई पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउँने एचपीभी खोप उपलब्ध गराइने भएको छ । 

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  १० : ३९ बजे

५ दिनमै तयार भयो एक्रो ब्रिज, देवीघाटमा भोलिदेखि आवतजावत खुल्ने

नुवाकोट – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल

ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र संयुक्त

भोटेकोसी बाढीपछि भारतबाट राहतको आठौँ खेप आइपुग्यो, १३० टनभन्दा बढी सहयोग सामग्री

काठमाडौं – गत भदौ १० गतेको विनाशकारी बाढीपहिरोपछि जारी खोज,

उपेन्द्र यादवको आरोप : लुम्बिनीका सभामुखले स्वेच्छाचारी निर्णय गरे

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

नेपाल भलिबल लिगमा काठमाडाैंको तेस्रो जित, कर्णालीको पहिलो हार

काठमाडाैं – पहिलो संस्करणको एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग