लक्की फिल्मी अवार्डको जिंगल सार्वजनिक « Khabarhub

लक्की फिल्मी अवार्डको जिंगल सार्वजनिक


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– असार ८ गते चितवनमा हुने एन प्लस प्रोफेसनल लक्की फिल्मी अवार्डको अडियो जिंगल सार्वजनिक भएको छ । नायक अनुप विक्रम शाही, नायिका प्रियंका कार्की र लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले संयुक्त रुपमा अडियो जिंगल सार्वजनिक गरेका हुन् ।

नायक अनुप विक्रम शाहीले फिल्मी अवार्डले कलाकारहरूलाई हौसला मिल्ने बताए । नायिका प्रियंका कार्कीले फिल्मी अवार्ड कलाकारहरुका लागि उत्सव भएको बताइन् । चलचित्र उद्योगको प्रर्वद्धन र प्रोत्साहन, कलाकारलाई हौसला र सम्मान गर्ने लक्ष्य सहित चितवनमा फिल्मी अवार्ड कार्यक्रम हुन लागेको हो ।

अडियो जिंगलमा आनन्द कार्की, सरिता शाहीको स्वर रहेको छ । हरि कार्की ‘लक्की’ को शब्द, राजु सिंहको संगीत , मनोहर सुनाम म्युजिक एरेन्जर, भोला पौडेल रेकर्डिङरमिक्स मास्टर रहेका छन् । साउन्ड रेकर्डिङ स्टुडियोमा जिंगल रेकर्ड गरिएको हो । फिल्मी अवार्डमा देशभरबाट सिनेकर्मी, कलाकारहरू सहभागि हुनेछन् ।

फिल्मी अवार्ड कार्यक्रम लेक ट्वान्टी थाउजेण्ड फार्म एण्ड रिट्रिटमा हुनेछ । लक्की मिडियाका महाप्रबन्धक कार्कीले देशव्यापी प्रचार-प्रसार कार्य जारी रहेको बताए । अवार्ड वितरणका लागि जुरी टिम समेत निर्माण भैसकेको बताए । उनका अनुसार सिने क्षेत्रका दुई दर्जन बढी विधामा अवार्डहरू वितरण हुने छन् ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ११ : ४१ बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी