इटालीको म्यागियोर तालमा डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु | Khabarhub Khabarhub

इटालीको म्यागियोर तालमा डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

रोम- इटालीको उत्तरी भागमा अवस्थित म्यागियोर तालमा पर्यटक सवार डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बीस जनाको सकुशल उद्धार गरिएको अग्नि नियन्त्रण कार्यालयका अधिकारीलाई उद्धृत गर्दै केबल न्युज नेटवर्क सीएनएनले जनाएको छ ।

दुर्घटना आइतबार साँझ भएको हो । सोमबार अपराह्न अन्तिम शव निकालिएसँगै खोज तथा उद्धारका काम सकिएको अग्नि नियन्त्रण कार्यालयले बताएको छ ।

दुर्घटनाग्रस्त डुङ्गामा २४ जना पर्यटक थिए । आँधीबेहरीका कारण डुङ्गा पल्टिएको सुरक्षा अधिकारीहरूले बताएका छन् ।

हेलिकप्टर प्रयोग र गोतटाखोर परिचालन गरेर उद्धारका काम सम्पन्न गरिएको थियो । डुबेको डुङ्गा निकाल्ने प्रयास भइरहेको छ । चित्ताकर्षक म्यागियोर ताल इटाली र स्विजरल्याण्डको साझा पर्यटकीय गन्तव्य हो ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  २ : ५० बजे

पशुपतिनाथको भेटी चोरेको आरोपमा आठ जना पक्राउ

काठमाडौं – भगवान् पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी गन्ने क्रममा चोरी

आगलागीको क्षति विवरण सङ्कलन गर्न समिति गठन

तनहुँ –तनहुँको व्यास नगरपालिका–३ मुख्यचोकस्थित फलफूल लाइनका सटरमा आज भएको

हरेक वर्ष कोइलावासमा पानीको समस्या

दाङ – गढवा गाउँपालिका–८ कोइलाबास निवासी ध्रुवरत्न तुलाधरलाई गर्मी याम

एक सय सात किलो गाँजासहित कार चालक पक्राउ

महोत्तरी – महोत्तरी प्रहरीले एक सय सात किलो गाँजासहित आज

भूकम्पले भत्किएका सात सय ७० सम्पदा पुनःनिर्माण सम्पन्न

काठमाडौं – विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सम्पदामध्ये