भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटेपछि राप्रपाको युवा संगठन आन्दोलित  « Khabarhub

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटेपछि राप्रपाको युवा संगठन आन्दोलित 


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको ‘अखण्ड भारत’ को नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएको विरोधमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा सङ्गठन सङ्घर्षमा उत्रिने भएको छ ।

नेपालको राष्ट्रियतामाथि प्रहार गर्ने भारतको उक्त कार्य सच्याउन माग गर्दै सङ्घर्षमा उत्रिन लागेको संगठनका संयोजक अधिवक्ता सुजित केसीले जानकारी दिए ।

भारतको नयाँ संसद् भवनमा राखिएको ‘अखण्ड भारत’ नक्सामा नेपालको लुम्बिनी, कपिलवस्तु र विराटनगर समेटिएको छ । जसको चौतर्फीविरोध भइरहेका बेला राप्रपाको युवा सङ्गठन संघर्षमै उत्रिन लागेको हो ।

‘राष्ट्रियतामाथि प्रहार हुँदा चुप लागेर बस्न सकिँदैन । हामी यसको सशक्त विरोध र भर्त्सना गर्छौँ र सच्याउन माग गर्छौँ,’ सङ्गठन संयोजक केसीले भने ।

भारतको उक्त कदमले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्ध मात्रै नभएर नेपालको राष्ट्रियमाथिकै प्रहार भएको उनको भनाइ छ ।

‘भारतको नयाँ संसद् भवनमा राखिएको नक्सामा नेपालको भूमि कपिलवस्तु र लुम्बिनीसमेतलाई उल्लेख गर्नु नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताविरुद्धको कदम मात्रै होइन यो नेपालको राष्ट्रियता माथिको प्रहार पनि हो । यसको जति भर्त्सना गर पनि कम हुन्छ । सरकारको गम्भीर ध्यानाकर्षण होस । सबैले यसको डटेर विरोध गरौँ,’ उनले भने ।

भारतको नक्साबाट लुम्बिनी, कपिलवस्तुसहित नेपालको स्थान हटाउन माग गर्दै बुधबारबाट सङ्घर्षमा उत्रिन लागेको जानकारी दिँदै उनले विरोध कार्यक्रममा सहभागी हुन सबै नेपालीहरूमा आह्वान पनि गरेका छन् । विरोधसभादेखि सरकारलाई ज्ञापनपत्रसम्म बुझाउने कार्यक्रम रहेको अध्यक्ष केसीले जानकारी दिए ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ५ : ०६ बजे

सुर्खेत–१ मा रविकिरण हमालको चुनावी अभियान सुरु

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा सुर्खेत

प्रशान्त तामाङप्रति उर्लाबारीमा श्रद्धाञ्जली अर्पण तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

उर्लाबारी – दिवंगत गायक प्रशान्त तामाङको असामयिक निधनप्रति गहिरो दुःख

धमाधम सजाइँदै दमकमा बालेनलाई राख्ने घर (तस्बिरहरू)

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जसरी पनि हराउने

युगाण्डाको राष्ट्रपतिमा मुसेभेनी सातौँ कार्यकालका लागि निर्वाचित

कम्पाला – युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनी सातौँ कार्यकालका लागि अनुमोदित

मेला–महोत्सवले कलाकारलाई भ्याइनभ्याइ

गण्डकी – माघेसङ्क्रान्तिका दिन बागलुङको कुश्मीसेरामा साङ्गीतिक प्रस्तुति दिएकी गायिका