सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने, टिमलाई दिए शुभकामना « Khabarhub

सन्दीप लामिछाने दक्षिण अफ्रिका नजाने, टिमलाई दिए शुभकामना


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आईसीसी एकदिवसीय विश्वकप छनौट प्रतियोगिताको तयारीका लागि दक्षिण अफ्रिका नजाने भएका छन् ।

बलात्कारसम्बन्धी मुद्दा टुंगो नलागेकाकारण उनी दक्षिण अफ्रिका जान नपाउने भएका हुन् । आफू दक्षिण अफ्रिका जान नपाउने भएसँगै उनले टिमलाई शुभकामना दिएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै पूर्वकप्तान लामिछानेले टिमलाई शुभकामना दिएका हुन् । उनले फेसबुकमा आफूलाई टिमप्रति पूर्ण विश्वास रहेको भन्दै टिमले विश्वसामु खेल क्षमताको प्रदर्शन गरेको उल्लेख गरेका छन् । उनले फेरि पनि टिमले आफ्नो क्षमतामा विश्वास गर्नुपर्ने जनाएका छन् । उनले दक्षिण अफ्रिका यात्राका लागि टिमलाई शुभकामना पनि दिएका छन् ।

दक्षिण अफ्रिकामा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग मैत्रिपूर्ण खेल खेल्ने कार्यक्रम छ । त्यसपछि नेपाली टिम विश्वकप छनौट खेल्न जिम्बाब्वे प्रस्थान गर्नेछ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ६ : ०३ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा