प्रतिनिधिसभामा कार्यविधिमाथि छलफल | Khabarhub Khabarhub

प्रतिनिधिसभामा कार्यविधिमाथि छलफल


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिको प्रस्तावित कार्यविधिमाथि छलफल गरेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित कार्यविधिमाथि छलफल गर्दै आगामी बैठकमा पेश गर्ने निर्णय गरेको समितिका उपसचिव पुष्पप्रकाश खनालले जानकारी दिए ।

“प्रस्तावित कार्यविधिमाथि संशोधन गर्नुपर्ने देखियो । प्रत्येक दलबाट एक–एक जना समिति सदस्य मिलेर कार्यविधिलाई टुङ्ग्याउनुहुन्छ”, उनले भने, “अर्को बैठकमा टुङ्ग्याइएको कार्यविधि पेश गरेर पारित हुन्छ ।”

उनका अनुसार अर्को बैठक यही जेठ १८ गते र पूर्ण बैठक यही जेठ २१ गते बस्ने तय भएको छ । ज्येष्ठ सदस्य कालुराम राईको अध्यक्षमा बैठक बसेको थियो । समितिको कार्यक्षेत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ७ : २० बजे

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको

आयोगले भन्यो : उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्नू

काठमाडौं- निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा शनिबार

कांग्रेस बलियो भए मात्रै सबैले फाइदा लिन सक्छन् : डा. महत

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले