प्रतिनिधिसभामा कार्यविधिमाथि छलफल « Khabarhub

प्रतिनिधिसभामा कार्यविधिमाथि छलफल


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समितिको प्रस्तावित कार्यविधिमाथि छलफल गरेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले प्रस्तावित कार्यविधिमाथि छलफल गर्दै आगामी बैठकमा पेश गर्ने निर्णय गरेको समितिका उपसचिव पुष्पप्रकाश खनालले जानकारी दिए ।

“प्रस्तावित कार्यविधिमाथि संशोधन गर्नुपर्ने देखियो । प्रत्येक दलबाट एक–एक जना समिति सदस्य मिलेर कार्यविधिलाई टुङ्ग्याउनुहुन्छ”, उनले भने, “अर्को बैठकमा टुङ्ग्याइएको कार्यविधि पेश गरेर पारित हुन्छ ।”

उनका अनुसार अर्को बैठक यही जेठ १८ गते र पूर्ण बैठक यही जेठ २१ गते बस्ने तय भएको छ । ज्येष्ठ सदस्य कालुराम राईको अध्यक्षमा बैठक बसेको थियो । समितिको कार्यक्षेत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय रहेको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ७ : २० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी