कोशी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने « Khabarhub

कोशी प्रदेशसभाको बैठक बस्दै, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

विराटनगर – बिहीबार स्थगित भएको कोशी प्रदेश सभाको तेस्रो अधिवेशनको बैठक शुक्रबार बिहान ११ बजे बस्दै छ । आजको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

९३ सदस्य रहेको कोशी प्रदेशसभामा मुख्यमन्त्री कार्कीलाई सरकार जोगाइ राख्न ४७ मत आवश्यक पर्दछ । तर कार्कीसँग एमालेका ४० र राप्रपाका ६ सहित ४६ सदस्यको मात्रै समर्थन रहेको छ । जसका कारण मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले विश्वासको मत पाउने सम्भावना देखिँदैन ।

यता, विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ गरी ४६ सांसद छन् । एक मात्र सांसद रहेको जसपाले विश्वासको मतमा तटस्थ बस्ने निर्णय गरिसकेको छ ।

प्रदेश सभाको बिहीबार बसेको पहिलो बैठकपछि ३० मिटेनका लागि स्थगन गरिएको बैठक फेरि बस्न नसकेपछि शुक्रबार बस्ने भन्दै सूचना प्रकाशित गरिएको थियो ।

बिहीबार राति साढे ९ बजे प्रदेश सभाका सचिव गोपालप्रसाद पराजुलीले सूचना सार्वजनिक गर्दै बैठक शुक्रबार बस्ने जानकारी गराएका थिए ।

कोशी प्रदेश प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ६ को उपनियम (३) बमोजिम प्रदेशसभा सदस्यलाई जानकारी गराइएको सूचनामा उल्लेख गरिएको छ।

यसअघि सभा कैठक बिहीबार दिउँसो १ बजे सञ्चालन हुने कार्य सूची रहे पनि करिब २ बजेमात्र सुरु भएको थियो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाउने भएपछि संसद बैठक टार्ने प्रयास गरेको देखिन्छ ।

मुख्यमन्त्री कार्कीले आफूले विश्वासको मत नपाए प्रदेशसभा विघटन गर्ने चेतावनीसमेत बिहीबारको प्रदेशसभा बैठकमै दिएका छन् ।
विश्वासको मत नदिए अर्को सरकार पनि बन्न नसक्ने भन्दै उनले मध्यावधि निर्वाचनको सामना गर्नुपर्ने चेतावनी दिएका हुन् ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ६ : ०५ बजे

अम्बे स्टिलको इन्धन ट्यांकीमा आगलागी: एक करोड ५६ लाखको क्षति

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा

झापाको एक ग्यारेजमा आगलागी हुँदा कामदारको मृत्यु, खसीबाख्रा र नगद जलेर नष्ट

बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा

बायर्न म्युनिखविरुद्धको खेलमा साका घाइते, चोट गम्भीर हुन सक्ने चिन्ता

लन्डन – इङ्ग्लिस प्रिमियर लिग क्लब आर्सनलका स्टार विंगर बुकायो

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच