सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नियमावली संशोधन गर्ने « Khabarhub

सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नियमावली संशोधन गर्ने


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


417
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले सवारी तथा यातायात व्यवस्थासम्बन्धी नियमावली संशोधन गर्ने भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषदको विधेयक समितिबाट पेश भएको सवारी तथा यातायात व्यवस्था (नवौं संशोधन नियमावली २०८०) स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिइन् ।

बैठकले असार २० गतेदेखि अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रहरुको मन्त्रिस्तरीय बैठक र असार १८ गतेदेखि सुरु हुने उच्च अधिकारीहरुको बैठकमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्न परराष्ट्रमन्त्रकिो नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सरकारले सार्वजनिक सडकसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्त बनेको विधेयकको अवधारणापत्र अनुसार कानुन तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको प्रवक्ता शर्माले बताइन् । बैठकले साउन ८ गतेदेखि अबुधाबीमा हुने सौर्य गठबन्धनको क्षेत्रीय समितिको पाँर्चौ बैठकमा सहभागी हुन ऊर्जामन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको उनले बताइन् ।

पत्रकार सम्मेलनका सरकारका प्रवक्ता शर्माले सरकारको ध्यान सुशासनतर्फ केन्द्रीत रहेकाले कुनै पनि भ्रष्टाचारको प्रकरणका दोषीलाई उन्मुक्ती दिन नसकिने स्पष्ट पारिन् । त्यस्तै उनले कोशी प्रदेशको नामाङ्करण विरोधीहरुले आन्दोलनका क्रममा नेताहरुमाथि गरेको आक्रमणका घटनाप्रति दुख व्यक्त गर्दै यस विषयमा सरकार गम्भीर रहेको बताइन् ।

उनले कोशी प्रदेशका देखिएको समस्या समाधानका लागि केन्द्र सरकारले आवश्यक समन्वय गर्ने जिकिर गरिन् ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ५ : ४४ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील