संसदमा आफ्नो भूमिकालाई अझ सशक्त बनाउँछु : सभामुख घिमिरे « Khabarhub

संसदमा आफ्नो भूमिकालाई अझ सशक्त बनाउँछु : सभामुख घिमिरे


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदमा आफ्नो भूमिकालाई अझ सशक्त बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । पैँसठ्ठीऔँ संसद् दिवसको पूर्वसन्ध्यामा संसदीय अध्ययन तथा विकास संस्थापनाद्वारा आयोजित कार्यक्रममा सभामुख घिमिरेले दिवसको शुभकामना दिँदै सभामुखसँगै सबै सांसदहरू आफ्नो भूमिकाप्रति इमान्दार र प्रयत्नशील हुनुपर्ने बताए ।

“मैले खेल्ने ‘रेफ्री’ को भूमिकाअनुसार निश्चय पनि खेलाडीलाई ठीकसँग चलाउनेछु”, उनले भने, “जहाँसम्म एउटा रेफ्रीको भूमिका हो, खेलाडीले राम्रो नखेल्दिएपछि जतिसुकै योग्य रेफ्री भए पनि त्यो खेल दर्शकका लागि हेर्न लायक हुन सक्दैन । चाहेजस्तो परिणाम ल्याउन सक्दैन ।”

उनले आफू सभामुखको भूमिकाबाट विमुख नभएको स्पष्ट पार्दै भने, “पर्दा पछाडि सबै चलाउने उही छ । अब यसो छोपिएर चलिरहेको छ, पछाडिपट्टि यसलाई रिमोटले चलाइरहेको छ भन्ने सोच पुर्‍याउँछ । त्यसलाई म केही भन्न सक्दिन ।”

उनले आफूलाई पार्टीले सभामुखको जिम्मेवारीमा पठाइसकेपछि पार्टीको हितभन्दा पनि संसदीय मूल्य र मान्यता आफ्नो मुख्य कर्तव्य भएको बताए । सभामुख घिमिरेले धेरै प्रयासपछि संसदीय समिति गठन भएको र समितिको प्रभावकारी सञ्चालनका लागि सभापति चयन गर्नेबारे बारम्बार ताकेता गर्दा पनि विभिन्न दलका सांसदबीच सहमति र सम्झदारी जुट्न नसकेको बताए ।

अन्तरक्रियाका क्रममा उपस्थित नागरिक समाजका अगुवाले संसदमा सांसदको उपस्थिति बलियो र अर्थपूर्ण हुन नसकेको भन्दै गुनासो गरेका थिए । उनीहरूले संविधानलाई आवश्यकताअनुसार संशोधन गर्नपर्नेमा जोड दिए । डा. सुन्दरमणि दीक्षितले सभामुख घिमिरेलाई सदनमा सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताए ।

“कानून बनाउने सांसद नै संसद्मा उपस्थित हुँदैनन । संसद् खाली देखिन्छ, सभामुखले त्यसमा रुलिङ गर्ने कि नगर्ने ?”, उनले प्रश्न गरे । डा. वीरेन्द्र मिश्रले सभामुखलाई सांसद प्रभावकारी बन्न नसकेकोप्रति गुनासो व्यक्त गरे ।

उनले सांसदहरू कानून मात्र बनाउन केन्द्रित हुँदा नीतिसँग कानून बाझिने र तालमेल नहुने समस्या देखिएको बताए । प्रा डा रामबाबु ढकाल, डा विष्णुराज उप्रेती र डा इन्द्र अधिकारीले संसदमा सांसदको भूमिकाबारे सभामुखको ध्यानआर्कषण गराए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  ८ : २० बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील