पाकिस्तानको कराँचीमा व्यक्तिगत दुश्मनीका कारण ३ जनाको हत्या, १ जना घाइते « Khabarhub

पाकिस्तानको कराँचीमा व्यक्तिगत दुश्मनीका कारण ३ जनाको हत्या, १ जना घाइते


१५ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको कराँची सहरस्थित बल्दिया क्षेत्रमा सशस्त्र अपराधीहरूले ‘व्यक्तिगत दुश्मनी’ को कारण गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । घटनामा एक जना चार वर्षीय बालकको गोली लागेर घाइते भएका छन् ।

एआरवाई न्युजले जनाएअनुसार अनुसार घटना बलदियाको रसिदाबाद क्षेत्रमा भएको थियो जहाँ सशस्त्र अपराधीहरूले तीन नागरिकको हत्या गरी चार वर्षीय बालकलाई गोली हानेर घाइते बनाएका थिए ।

प्रहरीले विज्ञप्ति जारी गर्दै घाइतेहरूलाई गोली लागेको र उपचारको लागि स्थानीय अस्पतालमा लगिएको जनाएको छ । मृतकहरू मोहम्मद जुनैद, इम्तियाज, सीफान र मुहम्मद अयान रहेको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक एसपी बल्दियाले प्रारम्भिक अनुसन्धानमा व्यक्तिगत रिसीबीका कारण घटना भएको पाइएको बताएका छन् । यसअघि मार्चमा कराँचीको कश्मीर रोड क्षेत्रमा व्यक्तिगत दुश्मनीका कारण अज्ञात आक्रमणकारीहरूले एक नागरिकको गोली हानी हत्या गरेका थिए ।

प्रकाशित मिति : १५ असार २०८०, शुक्रबार  १ : ४४ बजे

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका