सिरहाको बलान नदी नियन्त्रण गर्न अस्थायी तटबन्ध निर्माण | Khabarhub Khabarhub

सिरहाको बलान नदी नियन्त्रण गर्न अस्थायी तटबन्ध निर्माण


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सिरहा– सिरहाको लहान नगरपालिकाले सिरहा र सप्तरीको सिमाना रहेको बलान नदीको कटान रोक्न अस्थायी तटबन्ध निर्माण गर्न थालेको छ । 

नदीले पश्चिम किनार रहेका लहान–२३ को करैया तिलेबोना गाउँका किसानको सयौँ बिघा उर्वर जमिन कटान गरेर बस्तीतिर सोझिएपछि नगरपालिकाले चासो दिएको हो ।

अस्थायी तटबन्ध निर्माण गर्नका लागि फलामका पाइप, बाँसको टाँटी र सिमेन्टको बोरामा बालुवा राखेर तटबन्ध निर्माण गर्न सुरु भएको हो । यस कार्यमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको पनि सहभागिता र सहयोग छ । 

शनिबार लहान नगरपालिकाका प्रमुख महेश चौधरीको अगुवाइमा जिल्लास्थित प्रतिनिधिसभा सांसद रामशङ्कर यादव, प्रदेशसभा सदस्य ललिता दास, जिल्ला समन्वय समितिका प्रमुख दिनेश महतो, सिरहाका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेसहितको टोलीले स्थलगत अनुगमन गरेको थियो ।

तटबन्ध बनाउन आर्थिक वर्ष २०८०–०८१ मा लहान नगरपालिकाबाट ५० लाख रकम विनियोजन गरिएको नगरप्रमुख चौधरीले जानकारी दिए । यसमा प्रतिनिधिसभा र प्रदेशसभाका सदस्यले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए ।

लहान नगरपालिका–२३, सखुवानन्करकटी गाउँपालिकाको ४ र ५ नं वडा र भगवानपुर गाउँपालिकाको १ र ४ नं वडाको गरी सयौँ बिघा उर्वर जमिन वर्षौँदेखि कटान भइरहेको लहान–२३ का अजय यादवले बताए ।

वर्षाको समयमा प्रत्येक वर्ष बलान नदी किनारका स्थानीयवासीको बिचल्ली हुने गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ३२ बजे

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको

रुपन्देही उपनिर्वाचनको लागि राप्रपाबाट छ जनाको नाम सिफारिस

रुपन्देही – रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७

अन्तिम मिनेटमा सम्हालिन नसक्दा बंगलादेशसँग नेपाल पराजित

काठमाडौं – साफ यू –२० महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो दोस्रो खेलमा

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना