कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने « Khabarhub

कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागको एकदुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ६ : २२ बजे

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न