पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा राख्न आदेश « Khabarhub

पूर्वप्रधानमन्त्री खानलाई हिरासतमा राख्न आदेश


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गोप्य दस्तावेजहरू सार्वजनिक गरेको आरोपमा जेलमा राख्न आदेश दिएको छ । इस्लामावाद उच्च अदालतले मंगलबार उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । 

पाकिस्तानका सबैभन्दा लोकप्रिय राजनीति नेता खान गत वर्ष सत्ताबाट हटेदेखि धेरै कानुनी मुद्दामा फसेका छन् उनीमाथि दुई सय वटा मुद्दा लगाइएका छन् । नेता खानले आफूलाई आगामी चुनाव लड्नबाट रोक्न गरिएको षड्यन्त्रअनुरुप ती मुद्दा लगाइएको दाबी गरेका छन् । 

नेता खानका वकिल सलमान सफदरले औपनिवेशिक युगको गोप्य कानूनअन्तर्गत नेता खानलाई दुई हप्ता थुन्न म्याद थपिएको बताएका छन् । सैन्य मुद्दा चलाउन प्रयोग हुने कानुन उनीविरुद्ध लगाइएको सफदरले बताए । भ्रष्टाचारको आरोपमा खानमाथि गरिएको तीन वर्षको जेल सजाय मंगलबार उल्ट्याइएको थियो ।

 नेता खानको पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) पार्टीका उपाध्यक्ष, पूर्व विदेशमन्त्री शाह महमूद कुरैशीलाई पनि यस मुद्दामा पक्राउ गरिएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ३ : ३३ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको