बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी « Khabarhub

बङ्गलादेशमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशमा पछिल्लो २४ घण्टामा दुई हजार २९१ नयाँ डेङ्गुका बिरामी फेला परेका छन् भने थप १३ जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले बुधबार जनाएको छ ।

यस वर्षको जनवरीदेखि अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या एक लाख १९ हजार १३३ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय (डीजीएचएस) ले जनाएको छ । बङ्गलादेशमा अगष्टमा ३१८ र जुलाईमा २०४ जनाको मृत्यु भएको थियो । 

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महानिर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत महिना ४३ हजार ८५४ जनामा लामखुट्टेको टोकाइबाट डेङ्गुको सङ्क्रमण देखिएको थियो ।

अगस्टको पहिलो २९ दिनमा थप ६७ हजार ३०१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो महानिर्देशनालयका अनुसार मङ्गलबार दुई हजार २७२ जना थप बिरामी निको भएर घर फर्किएका सहित कूल निको हुनेको सङ्ख्या एक लाख १० हजार ३४६ पुगेको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने रोगको उच्च जोखिममा रहेको बङ्गलादेशमा जुन–सेप्टेम्बरको मनसुन अवधि डेङ्गु ज्वरोको मौसम हो ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ६ : ०९ बजे

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने

लेदो पन्छाउन ढिलाइ हुँदा पृथ्वी राजमार्ग अझै अवरुद्ध

काठमाडौं– मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत पृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध रहेको छ।

भोटेकोशी बाढी :  बाँकेका २७ जना सम्पर्कविहीन

राँझा– कामको सिलसिलामा रसुवा, नुवाकोट आसपासमा रहेका बाँकेका २७ जना

विपत्‌मा नक्कली ‘क्यूआर कोड’ को जोखिम, आधिकारिक खाता जाँच्न आग्रह

काठमाडौँ – मुलुकमा आइपरेको प्राकृतिक विपत्‌को घडीमा सङ्कलन भइरहेको राहत

भोटेकोशी बाढी : मधेसका ५८ जना सम्पर्कविहीन, विवरण संकलन गर्दै प्रहरी

जनकपुरधाम– प्रदेश प्रहरीले भोटेकोशी  बाढीपछि सम्पर्कविहीन भएकाहरूको विवरण संकलन थालेको