मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : ओली « Khabarhub

मुलुकमा सामाजिक सद्भाव कायम राख्नुपर्छ : ओली


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा जातीय तथा धार्मिक सद्भाव कायम गर्नुपर्ने बताएका छन्।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सद्भाव बिथोल्ने कार्य बन्द गरी समाजमा सद्भावका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री ओलीले संसद्बाट पास भएको एमसीसी सम्झौता कार्यान्वयन लैजाने बताउँदै १२ बुँदे व्याख्या झुक्याउने कार्य मात्र भएको स्पष्ट पारे । उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गठबन्धन दलसँग कोशी प्रदेशमा सरकार निर्माणका लागि कुनै सम्झौता नगरेको जनाउँदै राप्रपाले गठबन्धनलाई सहयोग गर्ने झुठो कुरा हो भने ।

पूर्वप्रधानमन्त्री ओली संसद्बाट सर्वसम्मतिले पारित गरेको नेपालको भूगोल समेटिएको नक्सालाई चुच्चे नभन्न आग्रह गर्दै मित्रराष्ट्र चीनले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा नेपालको नयाँ नक्सा समावेश गर्न कूटनीतिक नोट पठाउनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ६ : २४ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन