पूर्वी चीनमा आगलागीमा परी छ जनाको मृत्यु « Khabarhub

पूर्वी चीनमा आगलागीमा परी छ जनाको मृत्यु


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- पूर्वी चीनको झेजियाङ प्रान्तको एक आवासीय भवनमा बुधबार बिहान भएको आगलागीमा परी छ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

ताइझोउ शहरको लुकियाओ जिल्लाको हेङजी टाउनशिपको कियानयाङपान गाउँमा रहेको एक घरमा बिहान ३ बजेर ४० मिनेटको समयमा आगलागी भएको जिल्ला सरकारले जनाएको छ ।

प्रहरीबाट खबर प्राप्त भएपछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेका थिए । यद्यपि त्यसबेला प्रहरी पुग्दा आगलागी भएको घरमा छ जना फसेका थिए । प्रहरीले तीन जनालाई घाइते अवस्थामा र तीन जनाको शव घरबाट निकालेका थिए ।

घाइत तीन जनालाई तत्काल अस्पताल लगिए पनि उपचारका क्रममा उनीहरूको मृत्यु भएको थियो । आगलागी कसरी शुरू भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : १५ बजे

कालोपट्टी बाँधेर सडकमा जेन-जीको नारा : कार्की आयोगको पूरा प्रतिवेदन खै ? 

काठमाडौं– जेन-जी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

ट्रम्प-सी भेटअघि उच्चस्तरीय प्रतिनिधिहरूबीच व्यापार वार्ता 

एजेन्सी– अमेरिका र चीनबीच लामो समयदेखि जारी व्यापारिक तनावलाई व्यवस्थापन

इनिशा विक हत्याका दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन

झापा– सुर्खेतकी इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी

ग्लोबल आईएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

काठमाडौं– ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा