कोलाहल शहरमा वीराङ्गगनाको समाधि | Khabarhub Khabarhub

कोलाहल शहरमा वीराङ्गगनाको समाधि


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : 5 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

नेपालमा भारतीय वीराङ्गगनाको समाधि, त्यो पनि राजधानीको सर्वाधिक कोलाहलयुक्त ठाउँ रत्नपार्कमा । कसरी सम्भव भयो त ? यो सत्य थाहा पाउन तपाईं दुई सय वर्षअघिको इतिहासतर्फ फर्कनु पर्छ । भारतमा रहेको तत्कालीन इष्ट इण्डिया कम्पनीको अंग्रेज सरकारले देश निकाला गरेपछि राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणा ती वीराङ्गगनालाई शरण दिएर थापाथलीस्थित हाल राष्ट्र बैंक रहेको घरमा राखेका थिए ।

जसको नाम थियो– बेगम हजरत महल । नेपालमै रहँदा देहावसान भएकाले उनकै इच्छामा यहीँ समाधिस्थ गरिएको हो । छोरा, आफ्ना नजिकका नाताकासाथ उनले दुई दशक नेपालमा बिताइन । एउटा देशको स्वतन्त्र सेनानी अर्को देशमा समाधिस्थ भएको विरलै घटनामध्ये यसलाई अनुपम  मानिन्छ । त्यसो त रत्नपार्क क्षेत्रमा कामकाजीदेखि काम नहुनेसम्मको ठेलमठेल देख्न पाइन्छ ।

रत्नपार्क, बसपार्क, राजदरबार र बागबजारलाई जोड्ने आकासे पुलको आड लिएर जामघण्टाघरस्थित जामे मस्जिदको हातामा रहेको भारतीय वीराङ्गनाको समाधिले ‘बन्दे मातरम’को  चुपचाप बन्दना गरिरहेको छ । रत्नपार्कको आकाशे पुल चढ्दा घण्टाघरतिर रहेको जामे मस्जिदको हातामा हेर्नुभयो भने तारबार गरिएको एउटा साँघुरो स्थान देखिन्छ ।

धेरैलाई पत्तै छैन, यहाँको माटोभित्र भारतको एउटा इतिहास गाडिएको छ । एउटी त्यस्ती वीराङ्गना, जसले अंग्रेज शासकसँग विद्रोह गरिन्, तर अन्तिममा मृत्युपछि चीर निद्राका लागि आफ्नै जमिन समेत भाग्यमा लेखिएन । विरानो देशमा अवधकी बेगमको समाधिस्थल धेरै समयसम्म अनजान र अलपत्र रह्यो । अवधकी बेगमको नामले चिनिने बेगम हजरत महल (१८२० – ७ अप्रिल १८७९), नवाब वाजिद अलि शाहकी द्वितीय रानी थिइन् । अंग्रेज आक्रमणले उनका पति कलकत्तामा निर्वासित भएपछि अवधको सत्ताको बागडोर सम्हाल्न पुगिन् । यिनले आफ्नो पुत्र सहाजादा बिर्जिस कादरलाई अवध (लखनउ) को बादशाह घोषित गरेकी थिइन् ।

तर, केही समय राज्य चलाएपछि उनलाई अङ्ग्रेजले विदेशिन बाध्य पारेका थिए । भारतको इतिहासमा बेगम हजरत महलको स्थान एक स्वतन्त्रता सेनानीको रूपमा छ । उनले सन् १८५७ मा ब्रिटिस इस्ट इन्डियासँग युद्ध गरेकी थिइन् । युद्धमा हारेपछि उनले नेपाल आएर शरण लिएको इतिहास छ । उनको सन् १८७९ मा नेपालमै मृत्यु भएको थियो । महलको जन्म फैजाबाद अवधमा भएको थियो । उनको नाम मुहम्मदी खातुन थियो । यिनलाई पछि शाही दरबारमा खवासिन (सेविका)को रूपमा पुर्‍याइएको थियो । 

पछि नवाब बाजिद अली शाहले सहाजादा बिर्जिस कादरलाई जन्म दिएको खुसीमा उनलाई बेगम हजरत महल नाम र उपाधि दिएका थिए । विलियम किङ्टनको पुस्तक ‘द प्राइभेट लाइफ अफ अ इस्टर्न किङ’का अनुसार नवाब वाजिद अली शाह अत्यन्त रसिक मिजासका थिए । यिनको प्रायः समय मोजमस्ती र गानाबजानामा बित्ने गथ्र्याे । दिवाने खासको कार्य र अरू जिम्मेवारीमा उनलाई खासै रुचि थिएन ।

अवधलाई चारैतिरबाट ब्रिटिस फौजले घेरिसकेको थियो । यसरी सुस्त प्रशासक रहेको लखनउलाई आफ्नो वशमा पार्न अंग्रेजलाई खासै कठिन थिएन । यसरी, गभर्नर जनरल १८५६, लोर्ड डलहाउसले वाजिद अली शाहलाई मतियाबुर्ज कलकत्ता लगेर थुनेका थिए । सन् १८५७ का वीरहरू नानासाहेब, बेनी माधो, तात्या टोपे, कुँवर सिंह, फिरुज शाहलगायत अन्य क्रान्तिकारी जस्तै उनले पनि लखनउबाटै ब्रिटिस अंग्रेजविरुद्ध युद्ध गरेकी थिइन् । उनी क्रान्तिकारी मात्रै नभएर उनले युद्धको मैदानमै गएर लडेको इतिहास छ । पहिला नानासाहेब अनि पछिबाट फैजाबादको मौलवीहरूसँग मिलेर उनी अगाडि बढेकी थिइन् ।

लखनउमा १८५७ को क्रान्तिको नेतृत्व बेगमले गरेकी थिइन् । आफ्नो नाबालिग पुत्र बिरजिस कादरलाई गद्दीमा बसाएर उनले अंग्रेजी सेनाको स्वयं मुकाबला गरेकी थिइन् । संगठनको अभूतपूर्व क्षमता थियो, जसले गर्दा अवधका जमिनदार, किसान र सैनिक उनको नेतृत्वमा अघि बढिरहे । आलमबागको लडाइँका दौरान आफ्ना सिपाहीको उनले भरपूर हौसला बढाएकी थिइन । हात्तीमा सवार भएर सैनिकको साथमा दिनरात युद्ध गरिरहिन् । बेगम हजरत महल र रानी लक्ष्मीबाईको सैनिक दलमा तमाम महिला सामेल थिए । लखनउमा बेगम हजरत महलको महिला सैनिक दलको नेतृत्व रहिमीको हातमा थियो, उनले फौजको जस्तो पोसाक र भेष गरेर महिलालाई तोप, बन्दुक चलाउन सिकाइन् । भनिन्छ, अवध भारतको अत्यन्त प्राचीन प्रदेशमध्ये एक हो । तत्कालीन समयमा यो एक राज्य नै थियो । 

तर, केही समय राज्य चलाएपछि उनलाई अङ्ग्रेजले विदेशिन बाध्य पारेका थिए । भारतको इतिहासमा बेगम हजरत महलको स्थान एक स्वतन्त्रता सेनानीको रूपमा छ । उनले सन् १८५७ मा ब्रिटिस इस्ट इन्डियासँग युद्ध गरेकी थिइन् । युद्धमा हारेपछि उनले नेपाल आएर शरण लिएको इतिहास छ । उनको सन् १८७९ मा नेपालमै मृत्यु भएको थियो । महलको जन्म फैजाबाद अवधमा भएको थियो । उनको नाम मुहम्मदी खातुन थियो । यिनलाई पछि शाही दरबारमा खवासिन (सेविका)को रूपमा पुर्‍याइएको थियो । 

पछि नवाब बाजिद अली शाहले सहाजादा बिर्जिस कादरलाई जन्म दिएको खुसीमा उनलाई बेगम हजरत महल नाम र उपाधि दिएका थिए । विलियम किङ्टनको पुस्तक ‘द प्राइभेट लाइफ अफ अ इस्टर्न किङ’का अनुसार नवाब वाजिद अली शाह अत्यन्त रसिक मिजासका थिए । यिनको प्रायः समय मोजमस्ती र गानाबजानामा बित्ने गथ्र्याे । दिवाने खासको कार्य र अरू जिम्मेवारीमा उनलाई खासै रुचि थिएन । अवधलाई चारैतिरबाट ब्रिटिस फौजले घेरिसकेको थियो । यसरी सुस्त प्रशासक रहेको लखनउलाई आफ्नो वशमा पार्न अंग्रेजलाई खासै कठिन थिएन । यसरी, गभर्नर जनरल १८५६, लोर्ड डलहाउसले वाजिद अली शाहलाई मतियाबुर्ज कलकत्ता लगेर थुनेका थिए । सन् १८५७ का वीरहरू नानासाहेब, बेनी माधो, तात्या टोपे, कुँवर सिंह, फिरुज शाहलगायत अन्य क्रान्तिकारी जस्तै उनले पनि लखनउबाटै ब्रिटिस अंग्रेजविरुद्ध युद्ध गरेकी थिइन् । उनी क्रान्तिकारी मात्रै नभएर उनले युद्धको मैदानमै गएर लडेको इतिहास छ । पहिला नानासाहेब अनि पछिबाट फैजाबादको मौलवीहरूसँग मिलेर उनी अगाडि बढेकी थिइन् ।

लखनउमा १८५७ को क्रान्तिको नेतृत्व बेगमले गरेकी थिइन् । आफ्नो नाबालिग पुत्र बिरजिस कादरलाई गद्दीमा बसाएर उनले अंग्रेजी सेनाको स्वयं मुकाबला गरेकी थिइन् । संगठनको अभूतपूर्व क्षमता थियो, जसले गर्दा अवधका जमिनदार, किसान र सैनिक उनको नेतृत्वमा अघि बढिरहे । आलमबागको लडाइँका दौरान आफ्ना सिपाहीको उनले भरपूर हौसला बढाएकी थिइन । हात्तीमा सवार भएर सैनिकको साथमा दिनरात युद्ध गरिरहिन् । बेगम हजरत महल र रानी लक्ष्मीबाईको सैनिक दलमा तमाम महिला सामेल थिए । लखनउमा बेगम हजरत महलको महिला सैनिक दलको नेतृत्व रहिमीको हातमा थियो, उनले फौजको जस्तो पोसाक र भेष गरेर महिलालाई तोप, बन्दुक चलाउन सिकाइन् । भनिन्छ, अवध भारतको अत्यन्त प्राचीन प्रदेशमध्ये एक हो । तत्कालीन समयमा यो एक राज्य नै थियो । 

ब्रिटिसले लखनउ पुनः कब्जा गरेपछि बेगमले तत्कालीन नेपालका प्रधानमन्त्री जंगबहादुर राणासँग शरण मागेकी थिइन् र उनलाई काठमाडौं थापाथलीस्थित हालको नेपाल राष्ट्र बैंक रहेको भवनमा बस्न दिइएको थियो । आफ्ना छोरा र केही विश्वासपात्रसहित उनी लखनउबाट काठमाडौं आएकी थिइन् । यहाँ उनले आफ्नो जीवनको अन्तिम २० वर्ष काट्नुपरेको थियो । 

जंगबहादुरको ब्रिटिससँग राम्रो सम्बन्ध हुँदाहुँदै पनि बेगमलाई शरण दिएर उनले एक हितैसी छिमेकीको उदाहरण प्रस्तुत गरेका थिए । सन् १८५९ मा काठमाडौंमै दिवंगत उनलाई इस्लामिक परम्पराअनुसार दफनाइएको थियो । बेगम हजरत महलको स्मृतिमा लखनउको हजरतगन्जमा पार्क बनाइएको छ । विकिपेडियाका अनुसार बिर्जिस एक अब्बल दर्जाका सायर पनि थिए, र उनी काठमाडौंमा मुसायराको आयोजन गर्ने गर्दथे ।

यस्तै अर्को प्रसंगमा पन्जाबका महाराजा रणजित सिंहकी रानी चाँद कुँवरलाई दोस्रो सिख युद्ध विजयपछि अंग्रेजहरूले कैद गरेर राखेका थिए । युक्तिपूर्वक बन्धनबाट उम्केर जोगिनीको भेषमा उनी सरासर १८४९ मा नेपालको भिच्छाखोरीसम्म आइपुगिन् । त्यहाँबाट जंगबहादुरलाई पठाएको पत्रमा उनले आफ्नो अस्वस्थताको सूचना साथै अब उप्रान्त नेपालमै बस्ने इच्छा जाहेर गरेकी थिइन् । अंग्रेजहरूको कैदबाट भागेकी एक रानीलाई शरण दिनु अंग्रेजसित शत्रुता कमाउनु थियो, तर हाम्रो मूल्य–मान्यताअनुसार शरणागत, त्यो पनि एक असहाय स्त्रीलाई शरण नदिनु नेपाली मान्यताविपरीत थियो । अन्तमा जंगबहादुरले रानी चाँदकुँवरलाई इज्जतका साथ काठमाडौं ल्याउन आदेश दिए । चाँदकुँवरलाई नेपालमा पाहुनाका रूपमा शरण दिइएको छ भन्ने खबर सुन्नासाथ नेपाल र कम्पनी सरकारको मित्रताको रक्षार्थ उनलाई छाडी अविलम्ब बुझाउन अंग्रेज सरकारले नेपाल सरकारलाई आग्रह  गर्‍यो । जंगबहादुरले नेपालको हिन्दु परम्पराअनुसार शरणागतलाई फिर्ता गरेर पाप गर्न मिल्दैन भनी राजदूतमार्फत खबर पठाएका थिए । 

श्री ३ जंगबहादुरलाई भारतमा विभिन्न मानपदवी र अलंकारले विभूषित गरेको इतिहास भेटिन्छ । सन् १८५४ मा इन्डियन ग्रान्ड सर्भिस मेडल, सन् १८५८ मा इन्डियन म्युटिनिटी मेडल, सन् १८५८ मै नाइटग्रान्ड क्रस अफ द अर्डर अफ द बाथ, सन् १८७३ मा नाइट ग्रान्डकमान्डर अफ द अर्डर अफ द स्टार अफ इन्डिया, प्रिन्स अफ वेल्स मेडल १८७६ इत्यादिबाट जंगबहादुर विभूषित थिए ।

उनको दूरदर्शिता र छिमेकीसँगको असल व्यवहारको नमुना बेगम हजरत महललाई इज्जतका साथ नेपालमा लामो समयका लागि शरण दिनुबाट प्रस्टै झल्किन्छ । बेगम एक वीराङ्गना थिइन उनले भारतको इतिहासमा साम, दाम, दण्ड, भेदको चाल बोकेर आएका अंग्रेजलाई प्रशस्त चुनौती दिएकी थिइन् । यसरी भारतकी एक वीराङ्गना क्रान्तिकारी बेगम र अर्की शरणागत रानी चाँद कुँवरलाई एक असल छिमेकीका रूपमा ससम्मान शरण दिएर इज्जत बढाएको इतिहास हाम्रो मुलुकको रहेको छ ।

नेपालको गरिमामय आतिथ्यको यो इतिहास र तत्कालीन प्रबुद्धशाली अंग्रेजहरूसँग तिनको इच्छाविरुद्ध तिनकै विरोधीलाई शरण दिनु कम चुनौतीपूर्ण थिएन । 

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १ : २० बजे

रोमाञ्चक मोडमा आईपिएलः यस्तो बन्दैछ समीकरण

यो सिजनको इन्डियन प्रिमियर लिग (आईपिएल) रोमाञ्चक मोडमा पुगेको छ।

पारस खड्का भन्छन् – ‘मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउँछु’

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक

नारायणगढ-मुग्लिन सडकमा निर्माणाधीन पुलको काम तीव्र

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डका निर्माणाधीन सबै पुल आगामी कात्तिकसम्ममा सञ्चालन गर्नेगरी

तनहुँ कारागारमा क्षमताभन्दा बढी बन्दी, व्यवस्थापनमा समस्या

दमौली– जिल्ला कारागारमा तीन सय २३ कैदीबन्दी छन् । दैनिकरुपमा

रियल म्याड्रिड च्याम्पियन्स लिगको फाइनलमा

काठमाडौं– रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।