धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी रहेको भन्दै पाकिस्तानको आलोचना « Khabarhub

धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी रहेको भन्दै पाकिस्तानको आलोचना


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जेनेभा- धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी रहेको भन्दै स्विट्जरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा पाकिस्तानको आलोचना भएको छ ।

परिषदलाई सम्बोधन गर्दै पाकिस्तानमा अल्पसङ्ख्यकका रुपमा रहेका इसाई समुदायका प्रतिनिधि जोसेफ जासनले इस्लामिक गणतन्त्रका रुपमा रहेको पाकिस्तानमा इसाईसहित अन्य अल्पङ्ख्यकमाथि दमन जारी नै रहेको भन्दै आलोचना गरेका हुन् ।

उनले अल्पसङ्ख्यक समुदायका पत्रकार, राजनीतिक कार्यकर्ता, कानून व्यवसायी, मानव अधिकारकर्मीजस्ता अभियन्तामाथि बारम्बार दमन हुने गरेको आरोपसमेत लगाए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार परिषदलाई सम्बोधन गर्दै उनले मानव अधिकारवादीहरुलाई पाकिस्तानमा राष्ट्रिय सुरक्षा ऐनअनुसार गैरन्यायिक रुपमा बन्दी बनाइने गरेको समेत बताए । धार्मिक अल्पसङ्ख्यकलाई निशाना बनाउनका लागि ईशनिन्दा कानूनजस्ता व्यवस्थाको दुरुपयोग हुने गरेकोसमेत उनले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १२ : ५८ बजे

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

इन्धन सुरक्षामा ध्यान दिन शक्तिराष्ट्रलाई अमेरिकाको आग्रह, युद्धमा संलग्न नहुन इरानको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व शक्तिलाई खाडीको ‘स्ट्रेट

एनआरएनए अध्यक्षमा शर्माको नाममा सहमति

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा हेमराज शर्मालाई चयन