धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी रहेको भन्दै पाकिस्तानको आलोचना « Khabarhub

धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी रहेको भन्दै पाकिस्तानको आलोचना


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जेनेभा- धार्मिक अल्पसङ्ख्यकमाथि दमन जारी रहेको भन्दै स्विट्जरल्याण्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदमा पाकिस्तानको आलोचना भएको छ ।

परिषदलाई सम्बोधन गर्दै पाकिस्तानमा अल्पसङ्ख्यकका रुपमा रहेका इसाई समुदायका प्रतिनिधि जोसेफ जासनले इस्लामिक गणतन्त्रका रुपमा रहेको पाकिस्तानमा इसाईसहित अन्य अल्पङ्ख्यकमाथि दमन जारी नै रहेको भन्दै आलोचना गरेका हुन् ।

उनले अल्पसङ्ख्यक समुदायका पत्रकार, राजनीतिक कार्यकर्ता, कानून व्यवसायी, मानव अधिकारकर्मीजस्ता अभियन्तामाथि बारम्बार दमन हुने गरेको आरोपसमेत लगाए ।

भारतीय समाचार संस्था एएनआईका अनुसार परिषदलाई सम्बोधन गर्दै उनले मानव अधिकारवादीहरुलाई पाकिस्तानमा राष्ट्रिय सुरक्षा ऐनअनुसार गैरन्यायिक रुपमा बन्दी बनाइने गरेको समेत बताए । धार्मिक अल्पसङ्ख्यकलाई निशाना बनाउनका लागि ईशनिन्दा कानूनजस्ता व्यवस्थाको दुरुपयोग हुने गरेकोसमेत उनले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  १२ : ५८ बजे

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः

गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट