काजकिस्तानमा भएको खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो | Khabarhub Khabarhub

काजकिस्तानमा भएको खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

अस्ताना– मध्य काजकिस्तानमा भएको कोइलाखानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको आपतकालीन मन्त्रालयले आइतबार बताएको छ । 

मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘कारागान्दा सहरमा आर्सेलरमित्तल टेमिरटाउ कम्पनीको कोस्टेन्को खानीमा शनिबार भएको आगलागीपछि बेपत्ता भएका खानी मजदुरहरूको उद्धार अभियान अहिले पनि जारी छ ।’

यसअघि शनिबार कजाक सरकारले पीडितहरूको सम्मानमा आइतबार राष्ट्रिय शोक दिवसको घोषणा गरेको थियो ।  आगो लाग्दा खानीभित्र दुई सय ५२ मानिस थिए ।

पछि दुई सयभन्दा धेरै मानिसलाई बाहिर निकालिएको थियो । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ४ : ३७ बजे

मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली

काठमाडौं- मध्य अफ्रिकी गणतन्त्रमा तैनाथ नेपाली शान्ति सैनिकहरुको बदली गरिएको

टिकटकको भिड अब ‘रिल’ तिर !

काठमाडौं- केही समयअघि सरकारले टिकटक बन्द गर्यो । त्यसको विकल्पमा

अपाङ्गमैत्री कानुन र नीति बनाउने काम अघि बढिरहेको छ : मन्त्री ज्वाला

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले अपाङ्गमैत्री कानुन र

कोशीमा तीन मन्त्रीको जिम्मेवारी तोकियो

विराटनगर- कोशी प्रदेशका तीन मन्त्रीको जिम्मेवारी तोकिएको छ । मुख्यमन्त्री

भारी हिमपातका कारण जर्मनीको म्युनिख विमानस्थल अवरुद्ध, ७ सय ६० वटा उडान रद्द

बर्लिन- भारी हिमपातका कारण शनिबार जर्मनीको म्युनिख विमानस्थलमा करिब ७