प्रिन्सिपलको हत्या गर्नेको खोजी जारी « Khabarhub

प्रिन्सिपलको हत्या गर्नेको खोजी जारी


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– आज दिउँसो अज्ञात समूहले बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश सर्राफको हत्या गरेको छ । मोटरसाइकलमा आएको उक्त समूहले सर्राफको गोली हानी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

टाउको र छातीमा गोली लागेर घाइते भएका सर्राफको वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । प्रिन्सिपल सर्राफको शव हाल अस्पतालमै राखिएको छ । 

विद्यालयबाट कलैया बजारतर्फ आउँदै गर्दा दिउँसो १ बजेतिर कलैया उपमहानगरपालिकाको मदर्सा टोल नजिकै प्रिन्सिपल सर्राफमाथि दुई राउण्ड गोली प्रहार भएको प्रहरीको भनाइ छ ।

प्रिन्सिपल सर्राफमाथि गोली प्रहार गर्नेहरू फरार रहेको र उनीहरूको खोजी भइरहेको प्रहरी उपरीक्षक काफ्लेको जानकारी दिए।   

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ५ : १६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन