रुकुम पश्चिम जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना « Khabarhub

रुकुम पश्चिम जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रुकुम– जिल्ला अस्पताल रुकुम पश्चिममा ब्लड बैंक स्थापना भएको छ । विसं २०४५ मा स्थापना भएको अस्पतालमा ३५ वर्षपछि विभिन्न निकायको सहयोगमा ब्लड बैंक स्थापना गरिएको हो । 

योसँगै जिल्लामा ब्लड बैंकको सङ्ख्या दुई पुगेको छ । यसअघि चौरजहारीमा ब्लड बैंक सञ्चालनमा आइसकेको छ । अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीका अनुसार रूपान्तर नेपाल भक्तपुर, मुसिकोट नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिम लगायतका संस्थाको सहयोगमा अस्पतालमा ब्लड बैंक स्थापना गरिएको हो ।

ब्लड बैंकका लागि रूपान्तर नेपालले रु ३० लाख बराबरका विभिन्न १० प्रकारका सामग्री तथा उपकरण सहयोग गरेको छ । रूपान्तर नेपालले ग्रेस मिसन सिङ्गापुरको सहयोगमा ब्लड बैंकका लागि आवश्यक सामग्री मुसिकोट नगरपालिकालाई हस्तान्तरण गरेको थियो भने नगरपालिकाले अस्पताललाई हस्तान्तरण गरेको हो ।

उक्त सामग्री सहयोग पाएपछि कर्मचारी तथा आवश्यक भौतिक संरचनाको व्यवस्थापन गरेर ब्लड बैंक स्थापना गरिएको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । बैंकका लागि छुट्टै भवनको व्यवस्था गरिएको कार्यालयले जनाएको छ । 

ब्लड बैंक स्थापना भएपछि अब जिल्ला अस्पतालमा आउने रगतको आवश्यकता पर्ने बिरामीलाई सहज भएको छ । अस्पताल स्थापना भएको वर्षौँसम्म पनि ब्लड बैंक नहुँदा रगतको आवश्यकता पर्ने बिरामी मारमा पर्दै आएका थिए । रगतको आवश्यकता सेना, प्रहरी, कर्मचारी, स्वास्थ्यकर्मी, पत्रकार तथा बिरामीका आफन्त वा अन्य व्यक्तिलाई गुहारेर पूर्ति गर्ने गरिएको थियो ।

ब्लड बैंक उद्घाटन गर्दै मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले रगत अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् र जिल्ला बाहिर जानु नपरोस् भनेर ब्लड बैंक स्थापनाका लागि नगरपालिका गम्भीरताका साथ लागेको जानकारी गराए । अस्पतालमा विशेषज्ञ सेवा सुचारु भइरहेकाले रगतको अभाव  भएको अवस्थामा नगरपालिका गम्भीर बनेको र त्यसैको फलस्वरूप आज ब्लड बैंक स्थापना गर्न सफल भएको उनको भनाइ छ । 

नगरपालिका आफैँले मात्र लगानी गरेर ब्लड बैंक सञ्चालन गर्न सम्भव नदेखिएपछि नगरपालिकाले दातृ निकायलाई गुहारेको उनले जानकारी दिए।         ब्लड बैंकस्थापनासँगै रक्तदान सुरु भएको छ । आज पहिलो दिन सात जनाले रक्तदान गरेको बताइएको छ । त्यसमध्ये दुई जना बिरामीलाई रगत चढाइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ६ : ३५ बजे

निर्वाचनमा सहज मतदान गर्ने व्यवस्थाका लागि सरकार गम्भीर : महिलामन्त्री श्रेष्ठ

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले निर्वाचनमा सहज

बोन्डीबीच गोलीकाण्डका आरोपी अदालतमा

एजेन्सी– अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बिचमा आयोजित यहूदी पर्वका क्रममा भएको

जेन-जी आन्दोलनमा लुटिएको पेस्तोल र गोली बरामद

झापा– जेन-जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय अनारमनीबाट लुटिएका एक

फेरि पनि व्यवस्था विरोधी प्रचार गरेर मत माग्दै उम्मेदवारहरू

काठमाडौं– विशेषगरी राजनीतिक दलका नेतृत्वले राज्यलाई सुशासनमुखी ढंगले सञ्चालन नगरेको

गाजाका लागि पाँच अर्ब डलर सहयोग गर्ने ट्रम्पको प्रतिबद्धता

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव गठित शान्ति बोर्डले गाजाका