टर्किस एयरलाइन्सद्वारा श्रीलंकामा सिधा उडान सुरु « Khabarhub

टर्किस एयरलाइन्सद्वारा श्रीलंकामा सिधा उडान सुरु


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– टर्किस एयरलाइन्सले एक दशकपछि श्रीलंका र इस्तानबुलबीच सिधा उडान शुरु गरेको छ ।

विमानस्थल तथा उड्डयन सेवा श्रीलंका लिमिटेडका अध्यक्ष जीए चन्द्रसिरीका अनुसार टर्किस एयरलाइन्सले १० वर्षपछि इस्तानबुल–श्रीलंका यडान सेवा सञ्चालनमा ल्याएको हो ।

टर्कीको विमान श्रीलंका आइपुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रसिरीले दुई देशबीच सातामा चार वटा उडान हुने जानकारी दिए। 

सन् २०२४ देखि टर्किस एयरलाइन्सको उडान साताको सातै दिन श्रीलंका आइपुग्ने उनले बताए। उनले टर्कीबाट आउने यात्रुको सङ्ख्या अब ३०० प्रतिशतले बढ्ने बताए । श्रीलंकाका पर्यटन तथा भूमि मन्त्री हरिन फर्नान्डोले पनि सन् २०२४ मा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए। 

श्रीलंकाको पर्यटन क्षेत्र यहाँको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एक हो । सरकारले सन् २०२३ मा यस पहिलेको लक्ष्यभन्दा करिब पाँच लाख बढी अर्थात् २० लाख विदेशी पाहुना आकर्षित गर्ने लक्ष्य राखेको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : ०५ बजे

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब