टर्किस एयरलाइन्सद्वारा श्रीलंकामा सिधा उडान सुरु « Khabarhub

टर्किस एयरलाइन्सद्वारा श्रीलंकामा सिधा उडान सुरु


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

कोलम्बो– टर्किस एयरलाइन्सले एक दशकपछि श्रीलंका र इस्तानबुलबीच सिधा उडान शुरु गरेको छ ।

विमानस्थल तथा उड्डयन सेवा श्रीलंका लिमिटेडका अध्यक्ष जीए चन्द्रसिरीका अनुसार टर्किस एयरलाइन्सले १० वर्षपछि इस्तानबुल–श्रीलंका यडान सेवा सञ्चालनमा ल्याएको हो ।

टर्कीको विमान श्रीलंका आइपुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रसिरीले दुई देशबीच सातामा चार वटा उडान हुने जानकारी दिए। 

सन् २०२४ देखि टर्किस एयरलाइन्सको उडान साताको सातै दिन श्रीलंका आइपुग्ने उनले बताए। उनले टर्कीबाट आउने यात्रुको सङ्ख्या अब ३०० प्रतिशतले बढ्ने बताए । श्रीलंकाका पर्यटन तथा भूमि मन्त्री हरिन फर्नान्डोले पनि सन् २०२४ मा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए। 

श्रीलंकाको पर्यटन क्षेत्र यहाँको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एक हो । सरकारले सन् २०२३ मा यस पहिलेको लक्ष्यभन्दा करिब पाँच लाख बढी अर्थात् २० लाख विदेशी पाहुना आकर्षित गर्ने लक्ष्य राखेको छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : ०५ बजे

लगानी बोर्डको बैठक: दुई जलविद्युत् परियोजनाका लागि करिब २१ अर्ब लगानी स्वीकृत

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको लगानी बोर्डको

मुगुम समाज कल्याण केन्द्रद्वारा विपद् प्रभावितका लागि ६ लाख सहयोग

काठमाडौं– मुगुम समाज कल्याण केन्द्रले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी न्यायाधीश पिल्लेलाई, ट्रम्पले किन पाएनन् ?

काठमाडौं- दक्षिण अफ्रिकी न्यायाधीश नवानेथेम ‘नभी’ पिल्लेलाई यस वर्षको नोबेल

२१ किलो सुनसहित पक्राउ परेका चिनियाँ नागरिक र बरामद सामग्री सार्वजनिक

काठमाडौं- काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नं. २, माथिल्लो भङ्गालमा घर

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १७ अर्ब ३० करोड ३ लाख ७३ हजार ३५ रूपैँया जम्मा

काठमाडौं– सरकारले लगानीसम्बन्धी सरकारी सेवालाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि