विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

आज कार्तिक १३,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार अक्टोबर ३०, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् ।

टर्किस एयरलाइन्सद्वारा श्रीलंकामा सिधा उडान सुरु
टर्किस एयरलाइन्सले एक दशकपछि श्रीलंका र इस्तानबुलबीच सिधा उडान शुरु गरेको छ ।

विमानस्थल तथा उड्डयन सेवा श्रीलंका लिमिटेडका अध्यक्ष जीए चन्द्रसिरीका अनुसार टर्किस एयरलाइन्सले १० वर्षपछि इस्तानबुल–श्रीलंका यडान सेवा सञ्चालनमा ल्याएको हो ।

टर्कीको विमान श्रीलंका आइपुगेको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै चन्द्रसिरीले दुई देशबीच सातामा चार वटा उडान हुने जानकारी दिए।

सन् २०२४ देखि टर्किस एयरलाइन्सको उडान साताको सातै दिन श्रीलंका आइपुग्ने उनले बताए। उनले टर्कीबाट आउने यात्रुको सङ्ख्या अब ३०० प्रतिशतले बढ्ने बताए । श्रीलंकाका पर्यटन तथा भूमि मन्त्री हरिन फर्नान्डोले पनि सन् २०२४ मा २५ लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए।

श्रीलंकाको पर्यटन क्षेत्र यहाँको विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एक हो । सरकारले सन् २०२३ मा यस पहिलेको लक्ष्यभन्दा करिब पाँच लाख बढी अर्थात् २० लाख विदेशी पाहुना आकर्षित गर्ने लक्ष्य राखेको छ ।

ब्राजिलमा विमान दुर्घटनामा १२ को मृत्यु
उत्तरपश्चिमी ब्राजिलको एकर राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा एक शिशुसहित कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

विमान सिङ्गल इन्जिन ससेन क्याराभान रहेको र रियो ब्र्याङ्को विमानस्थल नजिकै दुर्घटना भएको एकर राज्य सरकारले आइतबार बताएको छ । दुर्घटनामा विमान चालक र सहचालकसहित नौ वयस्क र एक शिशुसहित सबै १० यात्रुको दुःखद निधन भएको हो । अल जजिराका अनुसार मर्ने यात्रुहरूको राष्ट्रियता पत्ता लागेको छैन ।

यसैबीच अधिकारीहरूले दुर्घटनाको अनुसन्धान गरिने घोषणा गरेका छन् । स्थानीय कम्पनी एआरटी ट्याक्सी एरेओले सञ्चालन गरेको उक्त विमान छिमेकी अमेजनस राज्यको एनविरा सहरतर्फ गइरहेको थियो ।

अल जजिराका अनुसार विमानमा आगो निस्कियो तथा पेरु र बोलिभियासँगको ब्राजिलको सीमा नजिक दुर्गम क्षेत्रमा जङ्गलमा आगो लाग्यो ।

दुई महिनाभन्दा पनि कम समयमा यो दोस्रो दुर्घटना हो । सेप्टेम्बर महिनामा अमेजनस राज्यमा एउटा सानो विमान दुर्घटना हुँदा १४ जनाको ज्यान गएको थियो ।

भारतमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुग्यो
भारतको आन्ध्र प्रदेशमा रेल दुर्घटनामा मर्नेको सङ्ख्या १३ पुगेको छ । विजयनगर जिल्लामा दुर्घटना भएको र उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

विजयनगरमका प्रहरी सुपरिटेन्डेन्ट एम दीपिकाले भने, ‘अहिलेसम्म १३ जनाको मृत्यु भएको छ, तीमध्ये सात जनाको सनाखत भएको छ र अन्यको पहिचान हुन बाँकी छ ।’ यसअघि इस्ट कोस्ट रेलवेका सीपीआरओ विश्वजित साहुले ट्रयाक पुनःस्थापनाको काममा ध्यान दिइएको बताएका थिए । ‘उद्धार कार्य अहिले सकिएको छ, हामीले फँसेका यात्रुहरूका लागि बस र रेलको व्यवस्था गरेका छौँ, १८ वटा रेल रद्द गरिएको छ र २२ वटा रेल मार्ग परिवर्तन गरिएको छ, हामी आज साँझ ४ बजेसम्म ट्र्याक खाली गर्ने प्रयास गरिरहेका छौँ’, उनले भने ।

उनले सामान्य घाइतेलाई नजिकैको अलामान्दा अस्पतालमा भर्ना गरिएको पनि जानकारी दिए । ‘सामान्य घाइते भएकाको अलामान्दा अस्पतालमा प्राथमिक उपचार भइरहेको छ, गम्भीर घाइतेलाई विजयनगरम र विशाखापट्टनम अस्पतालामा लगिएको छ, हामीले फँसेका यात्रुहरूका लागि रेल र बसको व्यवस्था गरेका छौँ, केही रेललाई रद्द र डाइभर्ट गरेका छौँ, हामीले सहायता डेस्क स्थापना गरेर यात्रुहरूलाई एसएमएसमार्फत सूचित गरिरहेका छौँ’, उनले भने ।

‘हाम्रो दुई एआरटी (एक्सिडेन्ट रिलिफ ट्रेन) टिमले त्यहाँ काम गरिरहेका छन् र सम्बलपुर मुख्यालय डिभिजनका सबै कर्मचारी पनि त्यहाँ काम गरिरहेका छन्, साँझ ४ बजेसम्म ट्रयाक सफा गर्ने प्रयास गरिरहेका छन्’, उनले भने ।

आइतबार साँझ आन्ध्र प्रदेशको विजयनगरम जिल्लामा विशाखापट्टनम–रगडा यात्रुवाहक रेल सोही मार्गबाट गइरहेको विशाखापट्टनम–रगडा रेलसँग ठोक्किएपछि केही डिब्बा लिकबाट खसेको अधिकारीहरूले बताएका छन् । डिभिजनल रेलवे व्यवस्थापकले दुर्घटनामा तीन वटा डिब्बा संलग्न रहेको बताए ।

गाजामा सहयोग रोक्नु ‘अपराध’ हुन सक्छ : आईसीसी
अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) का प्रमुख अभियोजकले गाजामा मानवीय सहयोग रोक्नु मानवीय अपराध हुनसक्ने आइतबार चेतावनी दिएका छन् । ‘जेनेभा महासन्धिले प्रदान गरेको राहत आपूर्तिमा अवरोध उत्पन्न गर्नु अदालतको क्षेत्राधिकारभित्र अपराध हुनसक्छ’, कायरोमा पत्रकारहरूसँग करिम खानले भने।

उनले इजिप्टको रफाह क्रसिङको भ्रमण गरेपछि सो कुरा बताएका हुन् । उनले अत्यावश्यकीय सामग्रीले भरिएका ट्रकहरू रफाह क्रसिङमा रोकिएको र गाजामा प्रवेश नपाएको बताए।

‘मैले मानवीय सहयोगसहित भरिएका ट्रकहरू त्यहाँ रोकिएको देखेँ जहाँ कसैलाई त्यो सहयोग आवश्यक थिएन, इजिप्टमा रोकिएको थियो, रफाहमा रोकिएको थियो’, उनले भने , ‘यी आपूर्ति गाजाका नागरिकहरूलाई कुनै ढिलाइ नगरी उपलब्ध गराउनु पर्छ ।’

हाल हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग प्रवेश गराउने रफाह एउटा मात्र प्रवेश विन्दु हो । हमास नियन्त्रित उक्त क्षेत्रले पूर्ण घेराबन्दी र इजराइली बमबारीको सामना गरिरहेको छ । इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासका बन्दुकधारीहरूले सीमा पार गरेर गरेको हमलापछि इजराइलले गाजालाई घेराबन्दी गरेको छ र ठूलो मात्रामा बमबारी सुरु गरेको छ । हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित एक हजार चार सय जना मारिएका थिए भने हमासले दुई सय ३० नागरिकलाई बन्धक बनाएको थियो ।

भारतले कतार हिरासतमा रहेका आठ भारतीयको सुरक्षित रिहाइको प्रयास गर्ने
भारतीय विदेशमन्त्री एस जयशङ्करले कतारमा हिरासतमा रहेका आठ भारतीयका परिवारसँग भेटेर उनीहरूको रिहाइका लागि सबै प्रयास गरिने आश्वासन दिएका छन् । सरकारले उक्त विषयलाई उच्च महत्व दिएको भन्दै उनले यस सम्बन्धमा परिवारहरूसँग निकटताका साथ समन्वय गर्ने बताए ।

‘आज बिहान कतारमा हिरासतमा लिइएका आठ भारतीय परिवारसँग भेट गरेँ, सरकारले उक्त मामिलालाई उच्च महत्व दिएकोमा जोड दियो, परिवारसँग चिन्ता र पीडा बाँडे, सरकारले उनीहरूको रिहाइका लागि सम्पूर्ण प्रयास जारी राख्ने बताएँ, सो सम्बन्धमा परिवारहरूसँग निकटताका साथ समन्वय गरिनेछ’, विदेशमन्त्री जयशङ्करले एक्समा भने।

कतारको फर्स्ट इन्सटेन्स अदालतले दोहामा हिरासतमा लिइएका आठ पूर्वसैनिक अधिकारीहरूलाई मृत्युदण्डको फैसला सुनाएपछि विदेशमन्त्रीको सो भनाइ आएको हो । यसअघि भारतीय विदेश मन्त्रालयले कतारले आफ्ना आठ नागरिकलाई मृत्युदण्डको सजाय सुनाएको घटनाबाट स्तब्ध भएको भन्दै विस्तृत फैसलाको प्रतीक्षा गरिरहेको बताएको थियो ।

नयाँ दिल्लीले आठ भारतीयलाई कन्सुलर पहुँच प्रदान गरेको थियो । साथै उनीहरूको रिहाइका लागि काम समेत गरिरहेको थियो ।

काजकिस्तानमा भएको खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुग्यो
मध्य काजकिस्तानमा भएको कोइलाखानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको आपतकालीन मन्त्रालयले आइतबार बताएको छ ।

मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ, ‘कारागान्दा सहरमा आर्सेलरमित्तल टेमिरटाउ कम्पनीको कोस्टेन्को खानीमा शनिबार भएको आगलागीपछि बेपत्ता भएका खानी मजदुरहरूको उद्धार अभियान अहिले पनि जारी छ ।’

यसअघि शनिबार कजाक सरकारले पीडितहरूको सम्मानमा आइतबार राष्ट्रिय शोक दिवसको घोषणा गरेको थियो । आगो लाग्दा खानीभित्र दुई सय ५२ मानिस थिए ।

पछि दुई सयभन्दा धेरै मानिसलाई बाहिर निकालिएको थियो । दुर्घटनाको अनुसन्धान भइरहेको छ ।

बेइजिङद्वारा उच्च वायु प्रदूषण नियन्त्रणका लागि चेतावनी जारी
बेइजिङका अधिकारीहरूले उच्च वायु प्रदुषण नियन्त्रणका लागि सोमबारदेखि अरेन्ज अलर्ट जारी गरेका छन् । बेइजिङको चेतावनी प्रणालीमा दोस्रो सबैभन्दा ठूलो अरेन्ज अलर्ट सहरमा लगातार दुई दिनसम्म गम्भीर वा लगातार दिनसम्म मध्यम वायु प्रदूषण हुँदा जारी गरिन्छ ।

मङ्गलबारदेखि बिहीबारसम्म आपतकालीन प्रतिक्रिया उपायहरूको शृङ्खला लागू गरिनेछ जसमा व्यापक प्रदूषण फैलाउने सवारी साधनमाथि अनिवार्य यातायात प्रतिबन्ध लगाइने छ ।

बेइजिङ म्युनिसिपल इकोलोजी एन्ड इन्भाइरोन्मेन्ट ब्युरोले बालबालिका, वृद्ध, हृदय वा दीर्घ स्वास्थ्य समस्याबाट पीडित मानिसलाई घरभित्रै बस्न र अन्य मानिसलाई बाहिरी गतिविधि कम गर्न सल्लाह दिएको छ ।

ब्युरोले प्रतिकूल मौसमका कारणले बेइजिङ र छिमेकी क्षेत्रमा धुवाँ देखिएको बताएको छ । मौसम पूर्वानुमानअनुसार बेइजिङमा वायु प्रदूषणको विद्यामान अवस्था शुक्रबार समाप्त हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ७ : ५९ बजे

‘समीक्षा यात्रा’मा निस्कियो रास्वपा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले ‘समीक्षा

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं – छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ

कांग्रेस संसदीय दलको बैठक भोलि बिहान बस्ने

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक

पञ्जाबविरुद्ध हैदराबाद चार विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तरगत आफ्नो लिग

कांग्रेसले भन्यो : रविमाथि छानबिन गर्न समिति नबनेसम्म संसद्अघि बढ्दैन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणबारे