बलिउडमा २०२३ : साहरुखको 'कम ब्याक' वर्ष | Khabarhub Khabarhub

बलिउडमा २०२३ : साहरुखको ‘कम ब्याक’ वर्ष


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


600
Shares
  • change font
  • change font
  • change font

भारतीय सिने उद्योगको संसारमा भिन्न खालको महत्त्व छ। भारतीय सिने उद्योगमा यस वर्ष २०२३ मा पनि विगतमा जस्तै चलचित्रको परम्परा रह्यो। केही फिल्मले भने दर्शकको मनमा साँच्चै प्रभाव पारेको छ। फिल्मी ड्रामा, कमेडी, मसला मिसिएको रोमान्स तथा प्रतिद्वन्द्वी विषय नै प्रमुख बने।

साहरुख खानको पठान हिन्दी दर्शकका लागि मात्र नभई संसारका अन्य देशका दर्शकका लागि समेत हेर्न लायक फिल्मको रूपमा प्रस्तुत भएको छ। यस फिल्मले साहरुख खानलाई नयाँ खालको भूमिकामा स्थापित गरेको छ। साथै यसलाई ९० को दशकका सुपर स्टार साहरुखको उत्कृष्ट कम ब्याक चलचित्रको रूपमा समेत हेरिएको छ। बलिउड फिल्मको इतिहासमै दोस्रो धेरै आम्दानी गर्ने फिल्मको रूपमा पठान कीर्तिमान राख्नसमेत सफल भएको छ। सोसीयल ड्रामाको परम्परालाई कायम राख्दै यस वर्ष ‘सिर्फ एक बन्दा काफी है’ पनि बनेको थियो। शक्तिशाली राजनीतिक नेता समेत बलात्कारको आरोपसहेको सो फिल्मको घटना भने दुर्लभ मानिन्छ। तथापि नयाँ जर्नाको फिल्मको रूपमा यसलाई सबैले स्वीकार गरेका छन्। साथै धेरैले मन पराएका पनि छन्।

दीपक किङ्ग्रानीले निर्देशन गरेको सो चलचित्रमा मनोज बाजेपेयीको अभिनयलाई धेरैले मन पराएका छन्। बाजेपेयी यस चलचित्रबाट दर्शकको मनमा धेरै नै छाउन सफल भएका छन्।

रणवीर कपुर रहेको ‘तु झुठी मे मक्कर’को २०२२ मै छायाङ्कन सुरु भएको थियो। पान इन्डियन स्टाइलको सेरोफेरोको झझल्को दिने सो चलचित्रलाई नयाँ प्रयोगको रूपमा पनि लिइएको छ। रोमान्टिक कमेडीका लागि परिचित रणवीरको सो चलचित्रमा ठिक उल्टो भूमिका छ। बरु श्रद्धा कपुरले ब्रेक कप कल्सन्ट्यान्टको रूपमा अनौठो भूमिका निर्वाह गरेकी छिन्। चर्चित कमेडीयनअनुभव सिंहले बंसल रणवीरको साथीको भूमिका निर्वाह गर्दै डेब्यु गरेका छन्।

मानवीय जीवनका जटिलतामा आधारित ‘सत्य प्रेम कि कथा’ यस वर्षको अर्को चर्चामा रहेको चलचित्र हो। कार्त्तिक आर्यन र कायरा आडभानीको सो फिल्ममा आक्रमणको सुइँको पाएपछिको अवस्थालाई सो फिल्ममा देखाइएको छ। यसमा मुख्य एजेन्ट विद्युत् जमालको भूमिका छ। अन्त्यमा हाइच्याक गने योजना फेल गर्न उनी सफल भएका छन्।

बलिउड फिल्मको इतिहासमै दोस्रो धेरै आम्दानी गर्ने फिल्मको रूपमा पठान कीर्तिमान राख्नसमेत सफल भएको छ।

धार्मिक कारणले समाजमा आएको राजनीतिक विवाद केरेला स्टोरीमा प्रस्तुत गरिएको छ। आफ्ना श्रीमानसँग यात्रा गरेका तीन महिलाको वास्तविक जीवनमा सो फिल्म बनाइएको हो। उनीहरू अफगानिस्तानमा आइएसआइएसको प्रभाव क्षेत्रमा पुगेपछि पाएको दुख देखाइएको छ। अदाह शर्मा फिल्मको केन्द्रबिन्दु बनेकी छिन्। हिन्दी दर्शकका माझ छाएको सो फिल्म सन् २०२३ मा तेस्रो धेरै आम्दानी गर्ने हिन्दी फिल्म पनि हो। चोरीको कथामा आधारित ‘चोर निकल्के भागा’ यस वर्षको एउटा सफल फिल्म हो।

अपराधको प्लटमा फिल्म तयार भएको हो। यमी गौतम र सन्नी कौशल फिल्मका मुख्य कलाकार हुन्। दुईको रोमान्स पछि गएर आपराधिक पार्टनरको रूपमा परिणत भएको कथाको सेरोफेरोमा सो फिल्म रहेको छ। उनीहरूको फ्लाइट नै अर्को आपराधिक गिरोहबाट हाइज्याक भएपछि उनीहरूको सबै योजना विफल हुन्छ।

धार्मिक कारणले समाजमा आएको राजनीतिक विवाद केरेला स्टोरीमा प्रस्तुत गरिएको छ। आफ्ना श्रीमानसँग यात्रा गरेका तीन महिलाको वास्तविक जीवनमा सो फिल्म बनाइएको हो।

लामो समयपछि करण जोहरले पनि सन् २०२३ मा सानदार कम ब्याक गरेका छन्। सन् २००० को दशकमा जोहरको सफल चलचित्रको झझल्को यस वर्ष ‘ रक्की और रानी की प्रेम कहानी’ले दिएको छ। बलिउडका भेट्रान जया बच्चन र सबना आज्मीको सानदार कम ब्याक पनि यस फिल्म मार्फत भएको छ।

रणवीर सिंह र आलिया भट्ट फिल्मको मुख्य कलाकारको रूपमा देखिएका छन्। भिन्न पृष्ठभूमिका यी दुई प्रेममा परे पछि कथाको रोमाञ्चक मोडको सुरुवात हुन्छ। यो फिल्म पुरानो मसलादार फिल्मको याद दिलाउने किसिमको पनि छ। कमेडी मिसिएका एक्सन थ्रिलर कुट्टी यस वर्षको अर्को सफल हिन्दी फिल्म हो। विशाल भारद्वाजको यस फिल्ममा अर्जुन कपुरको मुख्य भूमिका छ। ड्रग स्क्यान्डल, प्रहरी र लडाइको सेरोफेरोमा यस फिल्म बनेको हो।

लामो समयपछि करण जोहरले पनि सन् २०२३ मा सानदार कम ब्याक गरेका छन्। सन् २००० को दशकमा जोहरको सफल चलचित्रको झझल्को यस वर्ष ‘ रक्की और रानी की प्रेम कहानी’ले दिएको छ।

अनुराधा राय चौधरीको लस्ट यस वर्षको सफल फिल्म हो। फिल्ममा यामी गौतमले क्राइम रिपोर्टरको भूमिका निर्वाह गरेकी छन्। सामान्य विषयमा सुरु भएको कथा अन्त्यमा लामो विषयमा टुङ्गिएको छ। भिन्न समीक्षकको नजरमा भिन्न फिल्म सफल मानिन सक्छन्। अर्थात् उत्कृष्ट गनिन सक्छन्। कतिपयले ‘टु वेल्थ फल’लाई वर्षको सबै भन्दा सफल फिल्मको रूपमा हेरेका छन्। त्यसो त धकधक ,खुफिया र गोल्ड फिसलाई पनि त्यत्तिकै राम्रो फिल्मको रूपमा हेरिएको छ। अन्य सफल चलचित्रमा गमेर र ओमाइ गड टु पनि रहेका छन्। समग्रमा साहरुख खानको कम ब्याक भने यस वर्षको फिल्म दुनियाँको महत्त्वपूर्ण विषय बनेको छ।
स्रोतः मुभी वेब डटकम, टाइम्स अफ इन्डिया

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ८ : १५ बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार