निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ : सभामुख घिमिरे « Khabarhub

निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ : सभामुख घिमिरे


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौं नेपाल अन्तर्राष्ट्रिय ब्यापार मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले औद्योगिक असुरक्षा, लगानीमैत्री वातावरणको कमी, करका दरहरूको अनिश्चिता जस्ता कुराले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन नसकेको भन्दै निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

सभामुखका हैसियतले लगानीमैत्री कानुन निर्माणको नेतृत्वका लागि सदैव आफ्नो प्रयत्न हुने उनले बताए । सभामुख घिमिरेले व्यापार घाटाको आकार बढ्दै गएको अवस्थामा संरचनागत सुधार, प्रतिस्पर्धात्मक क्षमता विकास एवम् आन्तरिक उत्पादन वृद्धिमा जोड दिनुपर्ने आवश्यकता रहेको धारणा राखे ।

मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न वैदेशिक व्यापारको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ । वैदेशिक व्यापारमा आयातभन्दा निर्यात बढी हुँदा देशभित्र विदेशी मुद्रा भित्रिन गई आर्थिक स्थिति सबल हुने भएपनि नेपालजस्तो अल्पविकसित मुलुकमा निर्यातभन्दा आयात व्यापारको अंश कयौं गुणाले बढी रहेको सभामुख घिमिरेले बताए । उनले पूँजीगत खर्च असाध्यै कम रहेको अवस्थामा वर्षा र चाडपर्व सकिएसँगै अब खर्च बढाउने कामलाई गति दिनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु भएको मेला १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभिलियन तथा जुत्ता उत्पादक संघको तर्फबाट ४० स्टल र चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरु रहेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ४ : २१ बजे

चन्द्र भण्डारीले गरे कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

काठमाडौं – नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्रकान्त (चन्द्र) भण्डारीले

मनकामना केबलकार मङ्गलबार बन्द रहने

चितवन – चितवनको कुरिनटारबाट गोरखाको प्रसिद्ध मनकामना मन्दिर जानका लागि

इजरायली प्राध्यापकमाथि अरबमाथि सामूहिक आक्रमणको योजना बनाएको आरोप

जेरुसेलम – इजरायलका अरब नागरिक र वेस्ट बैंकका प्यालेस्टिनीमध्ये सयौँको

पूर्वाधार निर्माणमा अघि बढ्दै बन्दीपुर

दमौली – तनहुँको बन्दीपुर गाउँपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै एक

बिपीदेखि गगनसम्म : कस्तो छ कांग्रेस-एसआई सम्बन्ध ?

काठमाडौं- राजधानीमा मुलुककै जेठो राजनीतिक दल नेपाली कांग्रेसको १५ औँ