निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ : सभामुख घिमिरे « Khabarhub

निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्छ : सभामुख घिमिरे


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नवौं नेपाल अन्तर्राष्ट्रिय ब्यापार मेलाको उद्घाटन गर्दै सभामुख घिमिरेले औद्योगिक असुरक्षा, लगानीमैत्री वातावरणको कमी, करका दरहरूको अनिश्चिता जस्ता कुराले निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन नसकेको भन्दै निजी क्षेत्रलाई लगानीमा प्रोत्साहन गर्न सरकारले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

सभामुखका हैसियतले लगानीमैत्री कानुन निर्माणको नेतृत्वका लागि सदैव आफ्नो प्रयत्न हुने उनले बताए । सभामुख घिमिरेले व्यापार घाटाको आकार बढ्दै गएको अवस्थामा संरचनागत सुधार, प्रतिस्पर्धात्मक क्षमता विकास एवम् आन्तरिक उत्पादन वृद्धिमा जोड दिनुपर्ने आवश्यकता रहेको धारणा राखे ।

मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्न वैदेशिक व्यापारको महत्वपूर्ण भूमिका हुने उनको भनाइ छ । वैदेशिक व्यापारमा आयातभन्दा निर्यात बढी हुँदा देशभित्र विदेशी मुद्रा भित्रिन गई आर्थिक स्थिति सबल हुने भएपनि नेपालजस्तो अल्पविकसित मुलुकमा निर्यातभन्दा आयात व्यापारको अंश कयौं गुणाले बढी रहेको सभामुख घिमिरेले बताए । उनले पूँजीगत खर्च असाध्यै कम रहेको अवस्थामा वर्षा र चाडपर्व सकिएसँगै अब खर्च बढाउने कामलाई गति दिनुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु भएको मेला १८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभिलियन तथा जुत्ता उत्पादक संघको तर्फबाट ४० स्टल र चीनबाट ५५, भारतबाट ३०, बंगलादेश र पाकिस्तानबाट ८/८ स्टलहरु रहेका छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ४ : २१ बजे

पुसभित्र कांग्रेसको विशेष अधिवेशन अनिवार्य : महामन्त्री थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम जनताको परिवर्तनको आकाङ्क्षा

नौ बुँदे माग राखेर आन्दोलनमा उत्रिए ईपीएस पीडित (तस्बिरहरू)

काठमाडौं– रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरू आन्दोलनमा

सलमान खानको ‘ब्याटल अफ गलवान’ले निम्त्यायो  विवाद, तथ्य बङ्ग्याएको आरोप

काठमाडौं– सन् २०२० मा गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच

बालेन्द्र लक्षित दीपकको कटाक्ष : ‘हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छौं’

काठमाडौं – समानुपातिक उम्मेद्वारको सूचीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य, चिकित्सक भन्छन्- बेवास्ताले बढ्दै जोखिम

काठमाडौं– गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील