कोप–२८ : जलवायु ‘हानि र नोक्सानी’ कोषको औपचारिक शुभारम्भ « Khabarhub

कोप–२८ : जलवायु ‘हानि र नोक्सानी’ कोषको औपचारिक शुभारम्भ


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसङ्घका जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप–२८ ले बिहीबार औपचारिक रूपमा विह्वव्यापी तापक्रम वृद्धिसँग सम्बन्धित प्राकृतिक विपत्तिबाट तहसनहस भएका कमजोर राष्ट्रहरूले माग गर्दै आएको ‘हानि र नोक्सानी’ कोषको औपचारिक शुभारम्भ गरेको छ ।

‘हामीले आज इतिहास रचेका छौं’, कोप–२८ का अध्यक्ष तथा संयुक्त अरब इमिरेट्स (युएई) का मन्त्री सुल्तान अल जाबेरले प्रतिनिधिहरूसँग भने, ‘हाम्रो देशले कोषमा १० करोड अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।’

जर्मनीले पनि १० करोड अमेरिकी डलर दिने प्रतिबद्धता जनाएको छ । वर्षौंदेखि यस विषयलाई निष्कर्षबिहीन अवस्थामा लतारेका धनी राष्ट्रहरूले गत वर्ष शर्म अल शेखमा भएको कोप–२७ शिखर सम्मेलनमा ऐतिहासिक सम्झौतामा कोषलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

दुबईमा कोप २८ को पहिलो दिन यसको प्रक्षेपण कोषको संरचनाबारे बृहत् वार्तापछि यसलाई अन्तरिम रूपमा विश्व बैंकमा राखिनेछ ।‘यसले विश्व र हाम्रो कामको गतिको सकारात्मक सङ्केत दिन्छ,’ जाबेरले भने।

जाबेरले भने, ‘कुनै पनि कोप सम्मेलनको पहिलो दिनमा निर्णय लिइएको यो पहिलो पटक हो र जुन गतिमा हामीले त्यसो गरेका छौं त्यो पनि अद्वितीय, अभूतपूर्व र ऐतिहासिक छ ।’

उनले भने, ‘‘कोप–२८ ले कोष सङ्कलन गर्न सक्छ । पक्कै गर्नेछ । हामी दिन सक्छौँ भन्ने यो बलियो आधार हो ।’

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ८ : २७ बजे

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य

कांग्रेस विशेष महाधिवेशन : कतिले हस्ताक्षर गरे, कति बाँकी छन् ?

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले

थारू समुदाय माघीका लागि ढिक्री बनाउन व्यस्त

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरीलाई अहिले ढिक्री बनाउने

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’